शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गजल

शनिबार, ३१ असार २०७४, ०७ : ५८
शनिबार, ३१ असार २०७४

-मन्जुश्री गौतम

नरुझाउने पानी, नपोल्ने, घाम मिल्दैन भन्देऊ
युद्ध मैदानमा कसैलाई आराम मिल्दैन भन्देऊ 

त्यो रुखो, बाँझोमा सृजनाको फूल फुलाउनुपर्छ 
हातमा ठेला, नउठ्ने कुनै काम मिल्दैन भन्देऊ 

अरू हिँड्ने बाटोमा आज काँडा छरेर बस्नेलाई 
भोलि आफ्नै पाइला राख्ने, ठाम मिल्दैन भन्देऊ  

समस्यासँग लडेर नै रचिन्छ सुनौलो इतिहास 
पिठ्यँु, फर्काउनेलाई कतै सलाम मिल्दैन भन्देऊ 

जे रोपिन्छ आखिर त्यही हो फल फल्ने पनि 
साधुलाई सुली, चोरलाई इनाम मिल्दैन भन्देऊ  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप