शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आकस्मिक गर्भ निरोधक चक्की ई-कन अब एक चक्किमा पनि

बुधबार, २० असार २०७५, १८ : ३५
बुधबार, २० असार २०७५

काठमाडौं । नेपाल सीआरएसद्वारा वितरित आकस्मिक गर्भ निरोधक चक्की ई-कन अब एक चक्किमा बजारमा उपलब्ध छ ।

बिगतमा ई-कन एक चक्की खाई सकेपछी अर्को चक्की खान बिर्सिने सम्भावना रहेको सर्बेक्षणमा देखिएको हुनाले अहिले ग्राहकको चाहना अनुसार १.५ एमजी लेभोनोरजेसत्रेल कम्पोजीशनमा ई-कन एक चक्किमा उपलब्ध गराईएको जानकारी कम्पनीले दिएको छ ।

असुरक्षीत यौन संपर्क भएको १२० घण्टाभित्रको समयमा जती सक्दो चाँडो ई-कन खाइयो, त्यती नै बढी यो प्रभाबकारी रहन्छ । ई-कन आकस्मिक गर्भ निरोधक चक्की मात्र रहेको र यसलाई नियमित परिवार नियोजनको साधन बनाउनु नहुने र यसले एचआईभी र अरु यौनजन्य रोगहरु सर्नबाट नरोक्ने जानकारी पनि कम्पनीले दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप