कविता : जीवनका आयाम
- प्रकाश आचार्य
दुःखविनाको सुख प्राप्ति
विना परिश्रमको फल
अस्तित्वविहीन उपलब्धिका
दृष्टान्त हुन् ।
काँडैकाँडाका बीचमा फूलेको छ
र त गुलाब सुन्दर छ
अफ्ठ्यारा झाडीहरूको माझैमाझ फलेको छ
र त ऐँसेलु मीठो छ
विशाल पहाडहरूको शिरैमा हुर्किएको छ
र त यार्सागुम्बा मूल्यवान् छस
अक्करे भीरमा छन् हुलका हुल भीर मौरीहरू
पारिरहेका छन् मह सङ्घर्षशील रहँदै
मह चाख्दा आउने औधी आनन्दको
महसुस भइरहेछ बेग्लै
कर्णाली नदीको तिरैतिर साँघुरा
अनि, घुम्ती सडकहरू छिचोल्दै
लामो यात्रा पश्चात् पुगिने
मनोरम गन्तव्य, रारा ताल,
हेर्दैमा विनोद मान्दछन् नयनहरू,
हजारौँ सिँढीहरू उक्लँदै उक्लँदै
छुन सफल भएका छन् तेन्जिङ नोर्गे र
पासाङ ल्हामु शेर्पाहरू
सगरमाथाको शिर
त्यसैले त
विनासङ्घर्षको सफलता
सुसङ्गतविनाको उन्नति प्राप्तिको
कल्पनासमेत पनि
एकाबिहानै शशी उदाएर
रातमा प्रभाकरको आलोकले
बसुन्धरा उज्यालो भैदियोस्
भनी कल्पिनु निरर्थक कल्पना हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु