निषेधाज्ञा अवज्ञा गर्ने काँग्रेसको निर्णय : के.सी.को स्वास्थ्य अवस्था बुझ्न तीन सांसद जुम्ला पठाउने
काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले काठमाडौंको माइतघर मण्डलालगायतका स्थानमा निषेधित क्षेत्र तोक्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
काँग्रेस संसदीय दलको बुधबार बसेको बैठकले नागरिकको स्वतन्त्रतापूर्वक विरोध गर्न पाउने अधिकार कुण्डित हुनेगरी निषेधित क्षेत्र तोक्ने काम सरकारले गरेको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बुधबार बिहान बसेको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक मान्य नहुने चेतावनी पनि दिएको छ ।
काँग्रेसले जुम्लामा अनसनरत डा. गोविन्द केसीको माग प्रति ऐक्यबद्धता जनाउँदै डा. के.सी.को स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेस संसदीय दलले तीन सदस्यीय संसदीय प्रतिनिधि टोली जुम्ला पठाउने निर्णय गर्दछ ।
उक्त टोलीमा प्रतिनिधि सभा सदस्य माननीय प्रकाश रसाइली स्नेही, माननीय रंगमती शाही र प्रदेश सभा सदस्य माननीय दिनबन्धु श्रेष्ठ रहने छन् ।
त्यसैगरी गंगामाया अधिकारीको माग प्रति नेपाली कांग्रेस एक्येबद्धता जनाउँदै उनको स्वास्थ्य अवस्था बुझ्न संसदीय दलको तर्फबाट तीन सदस्यीय संसदीय प्रतिनिधि टोली पठाउने निर्णय गर्दछ । उक्त टोलीमा प्रतिनिधि सभा सदस्य पार्वता डि.सी चौधरी, डा.अमरेश कुमार सिंह र माननीय देव प्रसाद तिमिल्सिना छन् ।
यसबाहेक शान्तिपूर्ण रुपमा भेला भई आफ्ना विचार राख्ने जनताको अधिकारलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेकोमा नेपाली कांग्रेस संसदीय दलले आपत्ती प्रकट गरेको छ ।
अबिलम्ब निषेधित क्षेत्र घोषणाको निर्णय फिर्ता लिन सरकारलाई संसदीय दलको यो बैठक माग गरेको छ ।
सरकारले तत्काल उक्त निर्णय फिर्ता नलिए जनताको तर्फबाट नेपाली कांग्रेसले निषेधाज्ञा अवज्ञा समेत गर्ने निर्णय गरेको छ ।
दिनानुदिन महङ्गी बढी रहेकोले जनताको जीवनमा कठिनाई भइरहेको काँग्रेसको भनाई छ ।
जनताको आम्दानी घट्दै जाने र खर्च बढद्ै जाने यो असहज अवस्थालाई सरकारले गम्भीरतापूर्वक लिन र तत्काल महङ्गी नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ । लाई माग गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
-
एमाले संविधान संशोधन सुझाव कार्यदल : खरेलको संयोजकत्वमा उपसमिति गठन
-
पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण