शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

म्यागजिन कभरका लागि कंगनाले लगाइन् यस्तो ड्रेस, सोसल मिडियामा भाइरल

बुधबार, २० असार २०७५, १२ : ०४
बुधबार, २० असार २०७५

बलिउडकी क्विन भनिने कंगना रनौतले हालै एक म्यागजिन कभरका लागि बोल्ड फोटोसुट गरेकी छिन् । कभर फोटोमा कंगनाले बिकिनी लगाइरहेको देख्न सकिन्छ ।

कंगनाको यो फोटोसुट उनको ड्रेसका कारण चर्चामा छ किनभने बैजनी रंगको बिकिनीमा आँखाको चित्रले बोल्ड लुक दिएको छ । उनले बिकिनीसँगै सुनौलो रङको ज्याकेट पनि लगाएकी छिन् ।

कंगनाले दुई कभर पेजका लागि सुट गरेकी छिन् । दोस्रो तस्बिरमा कंगनाले जिमवेयर लगाइरहेकी छिन् ।

इन्स्टाग्राममा उनले तस्बिर सेयर गरेपनि धेरैले यसमा प्रतिक्रिया जनाएका छन् । कतिले उनको ड्रेस निकै अचम्मको बताएका छन् भने कतिले कंगनाले यस्तो पहिरनमा फोटोसुट गर्न नहुने पनि बताएका छन् ।

यस्तै, कतिले भने कंगनाको स्टाइल निकै राम्रो भन्दै क्विन आफूलाई मनपर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप