शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ बन्दै गरेको ग्रहको पहिलो प्रमाणित तस्वीर सार्वजनिक

बुधबार, २० असार २०७५, १० : ३३
बुधबार, २० असार २०७५

एजेन्सी । पहिले असम्भव ठानिएको ग्रहको जन्मको क्षणको तस्वीर खगोलशास्त्रीहरुले खिच्न सफल भएका छन् । 

लामो विश्लेषण पछि खगोलविद्हरुले यो तस्वीर जन्मदै गरेको ग्रहकै भएको प्रमाणित गरे पछि यो कुनै ग्रहको जन्मको पहिलो प्रमाणित तस्विर बनेको हो । 

यो अद्भुद तस्वीरमा भर्खर जन्मेको ग्रहलाई एक पानीको फोका उठ्दाको जस्तो प्रकाशको आकृतिमा देखिन्छ । धुलो र ग्यासले हुँदै यात्रारत यो ग्रह पीडीएस्७० नामक एक युवा तारा वरपर घुमिरहेको छ । यो तारा पृथ्वीबाट ३७० प्रकाश वर्ष टाढा रहेको छ ।

ग्रहको देब्रे र तस्वीरको केन्द्रमा रहेको कालो बृत्त भने ताराबाट आएको प्रकाशको फिल्टर गर्ने उपकरणको हो । यसले गर्दा प्रक्रियाको बाँकी हिस्सा देख्न सकिन्छ ।

स्फेर इन्स्ट्रुमेन्ट अफ युरोपियन साउदर्न अब्जरभेटरीको भेरी लार्ज टेलिस्कोप नामको विशाल दुरदर्शक यन्त्रबाट यस ग्रहको फोटो खिचिएको हो ।

यो ग्रह हाम्रो सौर्यमण्डलको युरेनसजस्तै ग्यासले बनेको, आफ्नो ताराबाट सूर्यबाट युरेनस रहेकै दुरीमा रहेको छ । साथै पिण्डमा भने यो ग्रह हाम्रो सौर्यमण्डलको बृहस्पतिभन्दा केही ठूलो देखिन्छ । थप अध्ययनले

यसको वातावरण बादलले ढाकिएको र सतहको तापक्रम १००० डिग्री सेल्सियस भएको देखाएको छ ।

यो ग्रहले परिक्रमा गरिरहेको तारा ६० लाख वर्ष पुरानो भएकाले ग्रह झनै नयाँ भएको अनुमान गरिएको छ ।

खगोलविदहरुले भावी दिनमा ग्रहको विकासको बारेमा जानकारी लिनु अझ महत्वपूर्ण हुने बताएका छन् ।

“खगोलविदहरुले धेरै अवसरहरुमा खगोलीय घटनाको तस्विर देखाउन सक्दैनन् । त्यस्तो अवसरमा हामीले अधिकांश समय विश्लेषणमा भर पर्नु पर्ने हुन्छ । तर यो तस्वीर अस्वीकार गर्नै नसकिने प्रमाण हो । यो निक्कै उत्साहजनक छ । यसले हालको ग्रह निर्माणबारेमा हाम्रो सिद्धान्त ठीक भएको देखाएको छ,” डा. जोई लेनहर्डले भनिन् ।

उनी युनिभर्सिटी अफ ब्रिस्टोलमा ग्रह निर्माणको विशेषज्ञ प्राप्त कम्प्युटेशनल एस्टोफिजिसिस्ट हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप