शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् संजय दत्तका रियल बेस्ट फ्रेन्डः ‘सञ्जु’ मा विक्की कोशलले निभाए उनको भूमिका

बुधबार, २० असार २०७५, १० : १९
बुधबार, २० असार २०७५

सञ्जुमा संजय दत्तको भूमिका निभाएका रणबीर कपुरले निकै तारिफ पाइरहेका छन् भने उनका बेस्टफ्रेन्ड कमलेश कन्हैयालाल कापसी ‘कमली’ को भूमिकामा देखिएका विक्की कौशलको अभिनयको पनि निकै चर्चा भइरहेको छ । एक अन्तर्वार्तामा विक्कीले भनेका थिए, ‘यो भूमिका सञ्जयका तीन–चारजना साथीहरुको मिल्दोजुल्दो रुप हो तर मूलतः यो संजयका नजिकका साथी परेश घेलानीमा आधारित छ जो अमेरिकामा बस्छन् ।’

को हुन् परेश घेलानी ?

परेशलाई संजय दत्तले ‘पर्या’ भनेर बोलाउँछन् । दुबैको दोस्ती फिल्म ‘रकी’ को क्रममा भएको थियो । त्यतिबेलादेखि अहिलेसम्म यी दुई एक–अर्काको जीवनमा महत्वपूर्ण स्थान राख्छन् । संजयको मुश्किल समयमा परेश सधैं उनलाई साथ दिन्थे । आजकाल परेश लस एन्जेलसमा बस्छन् ।

व्यवसायी हुन् परेशः

परेश एक व्यवसायी हुन् । उनी Moon Express, Viome Inc, DTV Motor Corporation, Ferrate Treatment Technologies, Casepoint, Radimmune Therapeutics जस्ता कम्पनीका लगानीकर्ता हुन् ।   

परेश धेरै लाइमलाइटमा आउन चाहँदैनन् तर संजयको जीवनको हरेक महत्वपूर्ण मौकामा उनलाई देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप