केन्द्रीय संस्करण

आफ्नै किर्तिमान तोड्दै फिन्चले बनाए टी–२० मा नयाँ इतिहास

person access_timeअसार १९, २०७५ chat_bubble_outline0

एजेन्सी । अस्ट्रेलियाका ब्याटसम्यान एरोन फिन्चले आफ्नै किर्तिमान तोड्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक व्यक्तिगत रन बनाएका छन् ।

हरारे स्पोर्टस् क्लबमा खेलिएको त्रिकोणात्मक शृंखलाको तेस्रो खेलमा जिम्बाव्वेबिरुद्ध आक्रामक पारी खेल्दै फिन्चले मात्र ७६ बलमा १७२ रन बनाएका हुन् ।

३१ वर्षीय खेलाडीले यसक्रममा १४ चौका र १० छक्का हिर्काए । उनको स्ट्राइक रेट २२६.३१ थियो ।

उनले बनाएको रनको मद्दतले अस्ट्रेलियाले २२९ रनको विशाल योगफल बनायो ।

अस्ट्रेलियाले यो खेलमा अर्को किर्तिमान पनि बनायो । डि’एकरी सर्टले ४२ बलमा ४६ रन बनाए पछि दुवै पहिलो पहिलो विकेटका लागि किर्तिमानी २२३ रन बनाए ।

कुनै पनि टोलीले टी–२० मा २ सय रनको साझेदारी गरेको यो पहिलो अवसर हो ।

फिन्चले यसअघि सन् २०१३ को अगस्त २९ मा इंग्ल्याण्डबिरुद्ध ६३ बलमा किर्तिमानी १५६ रन बनाएका थिए ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ