बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हारे तर मन जिते : आँखाभरि आँशु लिएर रंगशाला सफा गरे जापानी समर्थकले

मङ्गलबार, १९ असार २०७५, १६ : ०३
मङ्गलबार, १९ असार २०७५

एजेन्सी । गेन्की हारागुची र ताकासी इनुईले जापानलाई पहिलोपटक विश्वकपको क्वाटरफाइनल नजिक पुर्याए ।

तर, जान भेर्टोन्गेनको हेर्डरले जाली चुम्यो भने मारुवान फेलानी र नासेर चाल्दीले गोल गर्दै जापानको सपना ३–२ को अन्त्य गरे ।

खेलपछि जापानका समर्थकहरु रोइरहेको दृश्य देख्न सकिन्थ्यो ।

तर, हारका बावजुद उनीहरुले आफू ‘पराजित’ नभएको पुष्टि गरे । यसअघि झैँ उनीहरुले अन्तिम सिट्ठीपछि रोस्तोभ एरिना सफा गरे ।

उनीहरुको आँखामा आँशु थियो तर उनीहरुले यसअघि देखि नै गर्दै आएको आफ्नो जिम्मेवारीलाई भने पूरा गरे ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप