शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

४.१७ अंकले घटेको सेयर बजारमा २१ करोडको कारोबार

मङ्गलबार, १९ असार २०७५, १५ : ४४
मङ्गलबार, १९ असार २०७५

मंगलबार सेयर बजार ४.१७ अंकले घटेर ११८०.३६ विन्दुमा आइपुगेको छ । समग्रमा ०.३५ प्रतिशतले घटेको बजारमा २१ करोड ८१ लख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ । कारोबारमा १६२ कम्पनी सामेल थिए । विकास बैंक, हाइड्रोपवर, बिमा र माइक्रोफाइनान्स समुह घटेको छ । हाइड्रो पावर सबैभन्दा बढी ३०.०६ अंकले घटेको छ भने बिमा २८.६७ अंकले घटेको छ । 

यता उत्पादन तथा प्रशोधन तर्फ १५.४४ अंकले बढोत्तरी आएको छ भने होटल समुह ६.५३ अंकले बढेको छ । बैंकिङ  समुह, फाइनान्स र अन्य समुहमा सामान्य बृद्धि देखिन्छ । 

आज सबैभन्दा बढी सिद्धार्थ बैंकको संस्थापक सेयर करोबार भएको छ । यसको २ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । दोस्रो बढी कारोबार हुनेमा प्राइम कर्मसियल बैंक रहेको छ । यसको १ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप