शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

८.५ मेगावाटको बुटवल पावर सोलार निर्माणका लागि रिडिले १००% हकप्रद निष्काशन गर्ने

मङ्गलबार, १९ असार २०७५, १४ : ३४
मङ्गलबार, १९ असार २०७५

रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । रिडिको सोमबार (असार १८) बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत सेयर जारी गर्ने निर्णय गरेको छ । ५० करोड १० लाख ५ हजार एक सय रुपैयाँ चुक्ता पुँजी भएको रिडीले सो पुँजीको शत प्रतिशत हकप्रद (चुक्ता पुँजी बराबरको) सेयर जारी गर्नेछ ।  

८.५ मेगावाट क्षमताको बुटवल सोलार आयोजना निर्माणको लागि पुँजी जुटाउँन सो हकप्रद निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । सञ्चालक समितिले गरेको हकप्रद निष्काशनको निर्णयलाई कम्पनीको साधारणसभाबाट पारित गराएर नेपाल धितोपत्र बोर्डबाट स्विकृत गराउँनु पर्नेछ । 

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७२लाख १८ हजार ९८० रुपैयाँ खुद नाफा गरेको छ । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ७२ पैसा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप