कोरियामा श्रवण मुकारुङको साथमा साहित्यिक साँझ हुने
सोल– दक्षिण कोरियामा चर्चित कवि तथा साहित्यकार श्रवण मुकारुङको साथमा साहित्यिक साँझ हुने भएको छ ।
अन्र्तराष्टिय नेपाली साहित्य समाज, नेपाली साहित्य समाजसंगैं मिलेर अनलाइन वेभ टिभि, ईतर आवाज र नेपाल मुक्तक प्रतिष्ठान मिलेर कोरियामा पहिलोपटकसाहित्य साँझ गर्न लागेका छन् ।
चर्चित कवि तथा साहित्यकार मुकारुङ, कथाकार रत्नमणि नेपाल कोरियामा हुने साहित्य साँझको प्रमुख आर्कषक रहने भएका छन् । शनिबार साँझ कोरियाको राजधानी सोलस्थित पुजा होटलमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।
कोरियामा संभवत यति ठुलो संयुक्त कार्यक्रम पहिलो चोटी हुन लागेको कोरियामा रहेका साहित्यमा कलम चलाइरहेका जीवन खत्रीले बताए । कार्यक्रममा पहिलो भागमा साहित्यिक अन्तरक्रिया सम्मान तथा रचना वाचन हुनेछ भने दोस्रो सत्रमा सांगीतिक कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ ।
रोजगारको क्रममा कोरियामा करिब ३५ हजार नेपाली कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?