बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी हुन् विश्वका सबैभन्दा सुन्दर १० महिला

मङ्गलबार, १९ असार २०७५, १३ : ५०
मङ्गलबार, १९ असार २०७५

मुम्बई– विश्वका सबैभन्दा सुन्दर महिलाको जानकारी लिने उत्सुकता जोकेहीमा पनि हुने गर्छ । ती महिला कहाँ छिन् ? कुन देशमा छिन् ? कस्ती होलिन् ? भन्ने सधैँ खोजको विषय रहेको छ । आज हामीले विश्वका १० सुन्दर महिला यहाँ प्रस्तुत गर्न खोजेका छौँ । जसको रूप देखेर धेरैको होस उड्न सक्छ । 

सेलेना गोमेज : गायिका, मोडल र अभिनेत्रीका रूपमा चिनिएकी गोमेज अमेरिकाकी बाँसिन्दा हुन् । उनी विश्वका सुन्दर महिलामध्ये एक हुन् ।
 

लिजा सोबेरानो : लिजा फिलिपिन्सकी सुन्दरी हुन् । उनको नाम पनि विश्वका सुन्दर महिलाको सूचीको दोस्रो नम्बरमा छ । लिजाले कैयाँै हलिउड चलचित्रमा पनि काम गरेकी छन् ।
 

क्वेइन जिन–आह :  दक्षिण कोरियाकी बासिन्दा क्वेइन जिन स्टेज नाम नाना हो । उनी यही नामले चिनिने गरेकी छन् । उनी चलचित्रको अलवा टिभी सिरियल अभिनयबाट दर्शकमा लोकप्रिय छिन् । 
 

दीपिका पादुकोण :  विश्वका सबैभन्दा सुन्दर महिलाको सूचीमा दीपिकाको नाम चौथो स्थानमा पर्ने गरेको छ । बलिउड चलचित्रकी यी लोकप्रिय अभिनेत्री हुन् ।
 

पिक्सी लोट :   पिक्सी लोट एक अङ्ग्रेजी गायिका हुन् । यूकेकी बासिन्दा पिक्कीका निकै लोकप्रिय अङ्ग्रेजी गीतहरू सार्वजनिक भएका छन् । गायनका माध्यमले उनी सबैतिर चिनिएकी छन् । 
 

एम्बर हर्ड :   एम्बर हर्ड अमेरिकाकी दोस्रो अर्की अभिनेत्री हुन् । जो सुन्दर अभिनेत्रीको दश सूचीमा पर्न सफल छिन् । उनी कैयौँ चर्चित म्यागजिनको फस्ट पेजमा समेत आएकी छन् ।
 

प्रियंका चोपडा : बलिउडकी चर्चित अभिनेत्री प्रियंका गायिका पनि हुन् । उनका गीतका केही एल्बम बाहिर आएका छन् । हलिउडका कैयाँै चलचित्रमा समेत अभिनय गर्न सफल प्रियंकाका लाखौँ प्रशंसक छन् । 
 

एन्ड्रियाना लिमा : ब्राजिलकी बासिन्दा लिमा सुन्दर महिलाको सूचीको आठ नम्बरमा परेकी छन् । विश्वकी सबैभन्दा महँगी अभिनेत्रीको सूचीमा लिमा दोस्रो नम्बरमा समेत परेकी छन् । यी अभिनेत्रीको एक महिनाको कमाई ९ मिलियन डलर रहेको छ ।
 

एमिलिया क्लार्क :  एमिलिया पनि यो सुन्दर दश अभिनेत्रीभित्र पर्न सफल छिन् । युकेकी बासिन्दा उनी गेम अफ थ्रोन्सनामको अमेरिकन सिरिजमा चर्चित छिन् । 
 

पिया वुर्जबच : पिया २०१५ की मिस युनिवर्स बिजेता हुन् । फिलिपिन्सी पिया सुपर मोडल पनि हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप