शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामाजिक न्यायको क्षेत्रमा जोड दिन सरकारलाई सुझाव अमेरिकी राजदूतको सुझाव

मङ्गलबार, १९ असार २०७५, १३ : ५१
मङ्गलबार, १९ असार २०७५

काठमाडौं-नेपालका लागि अमेरिकी राजदूत अलाईना बी तेप्लिजले नेपालको संघीयतालाई सहज ढंगले कार्यान्वयनका लागि सामाजिक न्यायको क्षेत्रमा जोड दिन सरकारलाई सुझाव दिएकी छिन् । 

राजदूत तेप्लिजले संघीय सरकारको सबै तहमा सामाजिक न्याय भए मात्रै जनताले राहत पाउने बताइन् ।

मंगलबार काठमाडौं विश्वविद्यालयले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ‘पब्लिक पोलिसी प्रोग्राम’ बनाएर संघीयता कार्यान्वयनको काममा तीव्रता दिन पनि नेपाल सरकार लागिपर्ने विश्वास गरिन् । 
राजदूत टेप्लिजले नेपालले समावेशी सिद्धान्तको आधारमा समृद्धिको लक्ष्य हासिल गर्न सक्ने विश्वास पनि व्यक्त गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप