शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियामा श्रवण मुकारुङको साथमा साहित्यिक साँझ हुने

शुक्रबार, ३० असार २०७४, २१ : २२
शुक्रबार, ३० असार २०७४

सोल– दक्षिण कोरियामा चर्चित कवि तथा साहित्यकार श्रवण मुकारुङको साथमा साहित्यिक साँझ हुने भएको छ । 

अन्र्तराष्टिय नेपाली साहित्य समाज, नेपाली साहित्य समाजसंगैं मिलेर अनलाइन वेभ टिभि, ईतर आवाज र नेपाल मुक्तक प्रतिष्ठान मिलेर कोरियामा पहिलोपटकसाहित्य साँझ गर्न लागेका छन् ।

चर्चित कवि तथा साहित्यकार मुकारुङ, कथाकार रत्नमणि नेपाल कोरियामा हुने साहित्य साँझको प्रमुख आर्कषक रहने भएका छन् । शनिबार साँझ कोरियाको राजधानी सोलस्थित पुजा होटलमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।

कोरियामा संभवत यति ठुलो संयुक्त कार्यक्रम पहिलो चोटी हुन लागेको कोरियामा रहेका साहित्यमा कलम चलाइरहेका जीवन खत्रीले बताए । कार्यक्रममा पहिलो भागमा साहित्यिक अन्तरक्रिया सम्मान तथा रचना वाचन हुनेछ भने दोस्रो सत्रमा सांगीतिक कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ  ।

रोजगारको क्रममा कोरियामा करिब ३५ हजार नेपाली कार्यरत छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप