शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लामखुट्टे, झिंगा र मुसाबाट छुटकारा दिलाउने यी घरेलु उपाय

मङ्गलबार, १९ असार २०७५, १२ : ४५
मङ्गलबार, १९ असार २०७५

ओन्ली माई हेल्थ

यदि तपाईं पनि घरमा आउने मुसा, लामखुट्टे, झिङ्गा, साङ्लाले आजित हुनुहुन्छ र यसलाई भगाउने कुनै तरिका थाहा छैन भने यहाँ दिइएका घरेलु तरिका अपनाउनुहोस् ।

१. घरेलु तरिकाले भगाउनुहोस् झिंगा, लामखुट्टे...

धेरैजसो महिला घरमा फोहोर र रोग फैलाउने किरालगायतका अन्य जीवका विषयमा चिन्तित हुन्छन् र चाहेर पनि यसलाई घरमा आउन बाट रोक्न सक्दैनन् । तर यसलाई बेवास्ता पनि गर्न सकिँदैन किनभने यी हामे शरिरका लागि हानिकारक हुन्छन् । यदि तपाईं पनि घरमा आउने मुसा, लामखुट्टे, माउसुली, साङ्लाका कारण तनावमा हुनुहुन्छ भने यी तरिका अपनाउनुहोस् ।

२. साङ्लाबाट राहतः

धेरैलाई साङ्लोसँग डर लाग्छ । विशेषगरी महिला यसलाई देख्ने बित्तिकै डराउँछन् । साङ्लाबाट राहत पाउनका लागि लसुन, प्याज र कालो मरिचलाई बराबर मात्रामा पिसेर पेस्ट बनाउनुहोस् । अब यो पेस्टमा पानी मिसाएर एउटा घोल तयार गर्नुहोस् । अब तपाईं यो घोललाई कुनै बोतलमा राखेर साङ्ला आउने ठाउँमा छर्कनुहोस् । यसको तेज गन्धले साङ्लो भाग्ने गर्छ । चाँडै राहत पाउनका लागि यो उपाय केही दिनसम्म नियमित रुपमा अपनाउनुपर्छ ।

३. लामखुट्टेबाट राहतः

लसुनको तिखो गन्धले लामखुट्टेलाई घरमा प्रवेश गर्नबाट रोक्छ । यसका लागि तपाईं लसुनलाई पिसेर पानीमा उमाल्नुहोस् र जुन कोठामा तपाईं लामखुट्टे नछिरोस् भन्ने चाहनुहुन्छ त्यहाँ चारैतर्फ स्प्रे गर्नुहोस् । यद्यपी, यसले कोठामा नमिठो गन्ध फैलाउन सक्छ तर यसैले गर्दा लामखुट्टे आउँछैन ।

४. झिंगाबाट राहतः

झिंगाले लगभग सबैलाई समस्यामा पारेको हुन्छ किनभने यसले रोगलाई निम्त्याउँछ । झिंगाको समस्याबाट पार पाउन चाहनुहुन्छ भने कपासको सानो डल्लो बनाउनुहोस् र त्यसलाई तेज गन्ध भएको कुनै तेलमा डुबाएर ढोका नजिकै राख्नुहोस् । तेलको गन्धले झिंगा आउँदैन ।

५. मुसाबाट मुक्तिः

यदि तपाईंको घरमा पनि मुसाले उत्पात मच्चाइरहेको छ भने कपासमा पिपरमिन्ट लगाएर मुसा आउने सम्भावित स्थानमा राख्नुहोस् । अथवा पिपरमिन्टका केही टुक्रालाई घर वा किचनको कुनामा राख्नुहोस् । यसको बास्नाले उनीहरुले सास फेर्न सक्दैनन् जसका कारण उनीहरु मर्छन् । मुसालाई पिपरमिन्टको गन्ध मनपर्दैन ।

६. माउसुलीबाट राहतः

माउसुलीलाई घरमा आउनबाट रोक्न चाहनुहुन्छ भने भित्तामा मयुरको पाँच–६ वटा प्वाँख टाँसिदिनुहोस् । यसो गर्दा माउसुली केही दिनमै गायब हुन्छ । मयुरले माउसुली खान्छन् त्यसकारण उनीहरु मयुरको प्वाँख देख्नेबित्तिकै भाग्ने गर्छन् । अथवा अण्डाको बोक्रालाई केही उचाईमा राख्नुहोस् । अण्डाको गन्धले पनि माउसुली भाग्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप