बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अण्डालाई यसकारण फ्रिजमा राख्नु हुँदैन, तेस्रो कारण खतरनाक

मङ्गलबार, १९ असार २०७५, १२ : ०१
मङ्गलबार, १९ असार २०७५

फ्रिजमा धेरै कुरा स्टोर गरेर राख्ने गरिन्छ किनभने हरिया सागसब्जी र दुग्धजन्य पदार्थ चाँडै नै खराब हुन्छन् । यसका साथै फ्रिजमा जूस, फलफूल र अण्डा पनि राखिन्छ तर फ्रिजमा अण्डा राख्दा विभिन्न प्रकारको हानी हुन्छ भन्ने के तपाईंलाई थाहा छ ?

१. तापक्रमः

यदि तपाईं अण्डाको प्रयोग बेकिङ सामाग्री बनाउन गर्न चाहनुहुन्छ भने यसलाई फ्रिजमा नराखेकै राम्रो । फ्रिजमा राखिएका अण्डा फिट्न थोरै मुश्किल हुन्छ जसले रंग र स्वाद दुबैमा फरक पार्ने गर्छ ।

२. फुट्ने डरः

तपाईंले याद गर्नुभएको होला, किनेर ल्याउने बित्तिकै उसिन्न राखिएको अण्डा फुट्दैन तर फ्रिजमा राखिएको अण्डा उमाल्दा फुट्ने डर अलि धेरै हुन्छ ।

३. ब्याक्टेरियाको खतराः

अण्डालाई फ्रिजमा राखेपछि त्यसलाई सामान्य तापक्रममा राख्दा कन्डेन्सेसन (ग्याँसबाट लिक्विड बन्ने प्रक्रिया) को आशंका बढ्ने गर्छ । कन्डेन्सेसनबाट अण्डाको बोक्रामा हुने ब्याक्टेरियाको गति बढ्ने गर्छ र त्यो भित्र प्रवेश गर्ने सम्भावना पनि बढ्छ । यस्तो अण्डा सेवन गर्नु खतरनाक हुनसक्छ ।

४. संक्रमणः

धेरैजसो अण्डाको बोक्रामा फोहोर लागेको हुन्छ । यस्तो अवस्थामा फ्रिजका अन्य खानेकुरा पनि संक्रमित हुनसक्छ जुन खाँदा स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्छ ।

५. स्वस्थकरः

यो साँचो हो कि फ्रिजमा राखिएको अण्डा बाहिर राखेको तुलनामा धेरै दिनसम्म टिक्छ तर फ्रिजमा अत्यधिक चिसो हुने भएकाले अण्डाको पोषक तत्व नष्ट हुने गर्दछ । कोठाको तापक्रममा राखिएको अण्डा फ्रिजमा राखिएको भन्दा अत्यधिक स्वस्थकर हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप