शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भण्डारीको शब्द, मेलिना राई र धर्मेन्द्र श्रेष्ठको आवाजमा ‘ओ डार्लिङ’ सार्वजनिक (भिडियो)

सोमबार, १८ असार २०७५, १९ : ३०
सोमबार, १८ असार २०७५

काठमाडौं । सञ्चारकर्मी धर्मेन्द्र श्रेष्ठको पहिलो गीत ‘ओ डार्लिङ’ भिडियोसहित सार्वजनिक भएको छ । 

विगत ४ बर्षदेखि रेडियो बिहानी ९७.६ मेगाहर्जमा कार्यक्रम प्रमुखको रुपमा कार्यरत धर्मेन्द्र श्रेष्ठको यो पहिलो प्रयास हो । 

अहिलेको चर्चित गायिका मेलिना राई र धर्मेन्द्र श्रेष्ठको आवाज रहेको सोहि गितमा प्रमोद भण्डारीले शब्द भरेका हुन् भने चर्चित संगीतकार खेमजी रानाको मिठो संगीत रहेको छ । 

आशिष राना र माया गुरुङको साथमा एम डान्स स्टुडियोका विद्यार्थीहरुको अभिनय तथा डान्स रहेको यस गीतको भिडियोलाई प्रवेश पोखरेल ले छायांकन गरेका हुन् । 

गायक धर्मेन्द्र श्रेष्ठ आफैंले निर्देशन गरेको र कोरियोग्राफ आषिस रानाले गरेको भिडियोमा सम्पादन भने सुरेश श्रेष्ठले गरेका हुन् । 

यस भिडियो खुल्दुली मिडियाद्वारा सार्वजानिक भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप