शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली बजारमा वेल्ला, यस सिजनको ‘ट्रेन्डी’ लुक प्रदर्शन

सोमबार, १८ असार २०७५, १८ : ४१
सोमबार, १८ असार २०७५

काठमाडौंं । अमेरिकी बहुराष्ट्रिय सौन्दर्य प्रशाधन निर्माता कम्पनी कोटी इङ्कको एकाई कोटी प्रोफेशनल ब्यूटी नेपालमा भित्रिएको छ ।

कम्पनीको मुख्य हेयर केयर, हेयर स्टाइलिङ र हेयर कलर ब्राण्ड वेल्ला प्रोफेशनल्सको साथमा कोटी इङ्क नेपाली बजारमा आएको हो ।

व्यापारिक समूह विशाल गु्रप नेपालको लागि वेल्ला प्रोफेशनल्सको वितरक साझेदारी गरेको छ ।

विशाल गुप्रका निर्देशक अर्पित अग्रवालले भने, ‘नेपालमा वेल्ला लञ्च गर्न पाउँदा हामी निकै रोमाञ्चित छौं, हेयर केयर र स्टाइलिङमा विश्वमै शीर्ष ब्राण्डका रुपमा रहन सफल यो ब्राण्डको नेपालमा भविष्य उज्ज्वल हुनेमा म निकै आशावादी छु ।’ 

देशभरका १ सय ३० भन्दा बढी सैलुनका स्टाइलिष्टहरुको सहभागिता रहेको लञ्च कार्यक्रममा यस सिजनको ‘ट्रेन्डी’ लुकहरु समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा वेल्ला प्रोफेशनल्स क्यापाबिलिटी व्यवस्थापक नितिन मन्चन्दाको समेत उपस्थित थिए ।

नितिनले वेल्ला प्रोफेसनल स्टाइलिङ प्रडक्ट र कलर प्रयोग गरी आधा दर्जन भन्दा बढी मोडललाई लेटेष्ट ग्लोबल ट्रेण्डका हेयर स्टाइल दिएर उनीहरुलाई विल्कुल फरक लुक्स दिएका थिए ।

कार्यक्रममा कोटीका इण्डियन सब–कन्टिनेन्ट प्रोफेशनल एण्ड कञ्जुमर ब्यूटी महाप्रवन्धन पी के हरिहरणले वेल्ला हेयर केयर र हेयर स्टाइलिङ प्रडक्टले नेपाली उपभोक्ताहरुलाई सन्तुष्टि दिने दाबी गरे ।

वेल्ला प्रोफेशनल नयाँ नयाँ हेयर केयर र हेयर स्टाइलिङ प्रडक्ट सृजना गर्नमा उत्साह पूर्वक काम गर्दै आएको कम्पनीको दावी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप