बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आर्मी सेमिफाइनलमा

सोमबार, १८ असार २०७५, १६ : ५२
सोमबार, १८ असार २०७५

काठमाडौँ– ललित स्मृति अठार वर्षमुनि (यु–१८) को राष्ट्रिय फुटबल प्रतियोयगिता अन्तर्गत आज भएको पहिलो क्वाटरफाइल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्यो । हिमालयन शेर्पाका छिरिङ शेर्पाले आर्मीको लागि आत्मघाती गोल गरेका थिए । 

त्यस्तै आर्मीका लागि विवेक चौधरी र सुसन लामाले गोल गरेका थिए ।  आर्मीले सेमिफाइलनमा अब मोरङ फुटबल क्बलसँग प्रतिस्पर्धा गर्नेछ । मोरङले क्वाटरफाइलनमा च्यासल फुटबल क्लबलाई पराजित गरेको थियो । आर्मी समूह ‘ए’को विजेताको रुपमा अन्तिम आठमा पुगेको थियो भने हिमालयन समूह ‘डि’ बाट उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो । आर्मी समूह चरणदेखि नै अपराजित टोली हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप