शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एलजीको डुएल फ्रिज रेफ्रिजेरेटर नेपाली बजारमा

सोमबार, १८ असार २०७५, १६ : १५
सोमबार, १८ असार २०७५

काठमाडौ. । एल.जीले डुएल फ्रिज टेक्नोलोजि भएको रेफ्रिजेरेटर नेपालमा भित्र्याएको छ । यस डुएल फ्रिज टेक्नोलोजिले फ्रिजर लाई ६८ मिनेटमा फ्रिजमा बदलिदिन्छ ।

यसभित्र भएको एउटा बटमलाई थिचेर फ्रिजको क्षमतालाई १.४ गुणा सम्म बढाउन सकिन्छ, जुन ३३१ लिटर क्षमता भएको फ्रिजलाई ४५८ लि. सम्म बनाउन सकिन्छ ।

जसले ग्राहकहरुलाई आवश्यकता अनुसार आफ्नो खाना तल तथा माथिको भागमा राख्न सक्नुको साथै ठूलो रेफ्रिजेरेटर किन्दा लाग्ने मूल्यको बचत गर्न सकिने एल.जी.ले जनाएको छ ।

एल.जीले यस डुएल फ्रिज लाई उपभोक्ता केन्द्रित डिजाईन गरि बजारमा ल्याएको छ, जसले गर्दा प्रयोगकर्ताहरुको दैनिक समस्याहरुलाई समाधान गर्न मद्दत पुर्याउने विश्वास कम्पनीको छ ।

यस रेफ्रिजेरेटरमा इन्भटर लिनिएर कम्प्रेसर रहेको छ । जसले खानालाई १४ दिन सम्म ताजा राख्दछ, साथै यसमा डोर कुलिङ विशेषता पनि रहेको छ, जसले ३५ प्रतिशत सम्म चाडो चिसो पार्दछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप