बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शलाहा र लिभरपुलबीच पाँच वर्षको नयाँ करार

सोमबार, १८ असार २०७५, १६ : ०७
सोमबार, १८ असार २०७५

लिभरपुल । लिभरपुलका फरवार्ड मोहमद शलाहाले क्लबसँग पाँच वर्षको नयाँ करार अनुबन्ध गरेका छन् ।

२६ वर्षीय इजिप्टका फरवार्ड गत सिजन ३.४ करोड पाउण्डमा रोमाबाट लिभरपुल आएका थिए ।

आफ्नो पहिलो सिजनमा नै उनले क्लबका लागि ५२ खेलमा ४४ गोल गरे ।

नयाँ करारसँगै उनी क्लबमा २०२३ सम्म रहनेछन् । तर, करारमा रिलिज क्लज भने राखिएको छैन ।

गत सिजन शलाहा प्रिमियर लिगका सर्वाधिक गोलकर्ता थिए । उनले ३८ खेलमा ३२ गोल गर्दै गोल्डन बुट जितेका थिए ।

त्यस्तै, उनले प्रोफेसनल फुटबल प्लेयर अफ द ईयर अवार्ड र फुटबल राइटर्स एसोसिएसन फुटबल अफ द ईयर अवार्डमा जितेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप