शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

द ब्रिटिश कलेजद्वारा ‘अलम्नाइ नेटवर्क’ को गठन

सोमबार, १८ असार २०७५, १६ : ०४
सोमबार, १८ असार २०७५

काठमाडौँ । द ब्रिटिस कलेजले ‘अलम्नाइ नेटवर्क’ को गठन गरेको छ । जसको नाम ब्रिटिश कलेज अलम्नाइ नेटवर्क (बीसीएएन) दिइएको छ ।

काठमाडौंको होटल हिमालयमा आयोजित कार्यक्रममा द ब्रिटिश कलेजका प्रिन्सिपल डा. जोन बैटमैन, प्रोगाम लिडर्स, स्टाफ र पुर्व द ब्रिटिश कलेज तथा द ब्रिटिस मोडेल कलेजका विद्यार्थीहरुको सहभागितामा ‘अलम्नाइ नेटवर्क’ को गठन भएको हो ।

अलम्नाइ नेटवर्क चार क्षेत्रहरू मेन्टरसिप, करिअर, इभेन्ट्स र सामुदायिक सेवामा लक्षित रहेको छ । बिसिएएनले प्रभावकारी रुपमा सिस्टमलाई जडान गर्ने, नेटवर्क गर्ने तथा टिबिसी तथा बिएमसीका विद्यार्थीहरुलाई करिअर ब्रेक गर्ने क्षेत्रहरु उपलब्ध गराउनुका साथै सामाजिक विकास कार्यको प्रचार गर्ने लक्ष्य लिएको छ ।

द ब्रिटिस कलेजका प्रिन्सिपल, डा. जोन बेटम्यानले भने “हामी ब्रिटिश कलेजको अलम्नाइ टिमलाई बधाइ दिदैं भविष्यमा आउने बीसीएएनका विभिन्न कार्यक्रमहरुलाई हाम्रो साथ रहनेछ । हामी विश्वास गर्दछौं कि यो सञ्जालले विद्यार्थीहरूलाई धेरै अवसरहरू सिर्जना गर्न लाभ पुर्याउनेछ ।”

बिसिएएनका अध्यक्ष, आवाहन श्रेष्ठले भने, “हामी बिसिएनको गठनले अत्यन्त खुशी र उत्साहित छौं । हामी अलम्नाइ सदस्यहरुले एउटा सञ्जालको वेब बनाउँछौ जुन दुवै उत्थान र अविश्वसनीय रूपमा उपयोगी हुन सक्छ । हामी आशा गर्न दिन आएका थुप्रै कार्यक्रमहरू सञ्चालन गर्न चाहन्छौं ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप