शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीब्र उतार चढावका बीच सेयर बजारमा ४.८२ अंकको गिरावट

सोमबार, १८ असार २०७५, १५ : ५७
सोमबार, १८ असार २०७५

काठमाडौं–सेयर बजारमा ४.८२ अंकको गिरावट आएको छ । आज दिनभर जसो अस्थिर बनेको बजार कारोबार बन्द हुने बेलासम्म ४.८२ अंकले घटेको हो । 

केपी ओलीको सरकार आएदेखि यता बजारले राम्रो गति लिन सकेको छैन । त्यसमा पनि बजेट भाषण पछि बजारले लय पक्रन सकेको छैन । दिनमै अर्बौसम्मको कारोबार हुने सेयर बजारमा  आजकाल रौनक देखिदैन । सोमबार २० करोड ४५ लाख रुपैयाँको मात्र सेयर खरिद बिक्र भएको छ ।

होटल समुह र विकास बैंक बाहेक सबै समुह घटेको छ । विकास बैंक ३.७५ अंकले बढेको छ भने होटल समुह २.२३ अंकले बढेको छ । यस दिन सबैभन्दा बढी बिमा समूह २१.४४ अंकले घटेको छ भने जलविद्युत १३.५९ अंकले घटेको छ । 

बैंकिङ समुह ३.३४ अंकले घटेको छ भने माइक्रो फाइनान्स समुह ५.२४ अंकले घटेको छ । बजेट पछि बजार बढ्ने आशमा रहेका लगानीकर्ता बजेट प्रस्तुत भएयता बजार बढ्न नसक्दा हतोत्साहित बनेका छन् ।

 अहिले लगानीकर्ताहरु मौद्रिक नीतिलाई पनि कुरेर बसेका छन् । आज ग्लोबल आइएमई बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । यसदिन ग्लोबल आइएमईको १ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप