शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय गुप्तचर निकाय ‘रअ’को पचास वर्ष : ‘रअ’ ले कसरी चलाउँछ ‘अन्डरकभर’ अप्रेशन ?

सोमबार, १८ असार २०७५, ११ : ०१
सोमबार, १८ असार २०७५

बीबीसी हिन्दी– यदि कोही व्यक्ति भारतको बाह्य (विदेश हेर्ने) गुप्तचर एजेन्सी ‘र’ अर्थात ‘रिसर्च एन्ड एनालिटिकल विङ्ग’को दिल्लीको लोदी रोडमा रहेको ११ तल्ले भवनमा पसे भने उसको पहिलो ध्यान त्यहाँ रहेको गोपनीयताप्रतिको ‘अवसेशन’ले तान्नेछ । यस भवनमा यहाँ काम नगर्ने कसैलाई पनि पस्ने अनुमति छैन । 

रोचक कुरा यहाँको कुनै कोठा ढोका अगाडि न त कुनै नामपेटी हुन्छ न कुनै पद । हुन त संयुक्त सचिवभन्दा माथिका अधिकारीहरूको कोठाअघि एक खुट्टा पुस्ने र दुईवटा फूलको गमला हुन्छ ।

‘र’का प्रमुख ११औं तल्लामा बस्छन् । भवनको पछाडि पट्टिबाट उनको कार्यालयसम्म एक ‘डाइरेक्ट’ लिफ्ट रहेको छ जो कुनै तल्लामा रोकिँदैन ।

आपसी कुराकानीमा ‘र’का अधिकारीहरू कहिल्यै पनि आफ्नो संस्थालाई जनाउनका लागि त्यो शब्द प्रयोग गर्दैनन् । उनीहरूलाई ‘आर एन्ड डब्लू’ भनिन्छ ।

सायद ‘र’को अर्थ ‘कच्चा’ वा ‘अधुरो’ हुने भएको र त्यसले नकारात्मक छवि प्रस्तुत गर्ने भएकाले यसो गरिएको हुन सक्छ ।

बङ्लादेश स्वतन्त्रतामा ‘र’को भूमिका

‘र’ का उपलब्धिको कुरा गर्दा सबैभन्दा पहिले मुखमा बङ्लादेश स्थापनामा यसको भूमिका आउँछ । 

भारतीय सेना त्यहाँ जानुभन्दा अघि मुक्ति बाहिनीको गठन र त्यसको पाकिस्तानी सेनासँगको सङ्घर्षमा ‘र’ले निक्कै सहयोग गरेको थियो ।

‘र’ का एक पूर्व अतिरिक्त सचिव बी रमनले आफ्नो किताब ‘द काउ बायज अफ र’मा लेखेका छन्, “१९७१ मा ‘र’लाई पाकिस्तान कुन दिन भारतमाथि हमला गर्दैछ भन्नेसम्मको जानकारी थियो ।”

सन् ८० को दशकमा ‘र’का प्रमुख रहेका आनन्दकुमार वर्माले बीबीसीसँग कुरा गर्दै भने, “त्यो समय हामीलाई यो दिनमा हमला हुँदैछ भन्ने सूचना आइसकेको थियो । यो सूचना वायरलेसमार्फत आएको थियो । त्यसलाई डिकोड गर्दा केही गल्ती भएको थियो र जुन सूचना हामीले पाएका थियौँ, त्यसको आधारमा हमला १ डिसेम्बरमा हुनु थियो । वायु सेनालाई सावधान गराइयो र उनीहरू उच्च सतर्क रहे । तर २ डिसेम्बरसम्म हमला नहुँदा वायु सेनाका प्रमुखले ‘र’का प्रमुख रामेश्वर कावलाई फोन गरेर “तपार्इंहरूको सूचनामा कति बल छ ? वायु सेनालाई यसरी लामो समय हाई अलर्टमा राख्न सकिँदैन” भने ।

वर्माले भने “कावले तपाईंहरू थप एक दिन रोक्नुस् भने । एयर चिफ मार्सल पी सी लालले यो कुरा माने । जब ३ डिसेम्बरको दिन पाकिस्तानले हवाई हमला सुरु भयो तब भारतीय वायु सेना त्यसका लागि पूरा तयारी अवस्थामा थियो ।”

सिक्किमको भारतमा विलय

सन् १९७४ मा सिक्किमको भारतमा विलयमा पनि ‘र’को महत्वपूर्ण भूमिका रह्यो ।

‘र’का पूर्व अधिकारी तथा ‘र’ माथि एक किताब लेखेका आर के यादवले यस बारे बताए, “सिक्किमको विलयको योजना निश्चय नै ‘र’ का प्रमुख कावले बनाएका थिए । तर त्यो समयसम्म इन्दिरा गान्धी यो क्षेत्रमा निर्विवाद नेता बनिसकेकी थिइन् । बङ्लादेशको लडाइँ जितिसकेपछि उनमा गज्जबको आत्मविश्वास आएको थियो । सिक्किमका चोग्यास (राजा)ले एक अमेरिकी महिलासँग विवाह गरेका थिए र त्यसको कारणबाट सीआईएले यो क्षेत्रमा आफ्नो खुट्टा पसार्न सुरु गरेको थियो ।”

आर के यादवले थप बताए, “कावले सबैभन्दा पहिले इन्दिरा गान्धीलाई सिक्किमलाई भारतमा विलय गर्ने सल्लाह दिए । सरकारमा रहेका मात्र तीन जनालाई यसबारेमा जानाकारी थियो । इन्दिरा गान्धी, पी एन हक्सर र रामेश्वरनाथ काव । कावको अतिरिक्त ‘र’का अन्य तीन अधिकारीले यो अप्रेसनलाई कार्यान्वयनमा ल्याएका थिए । यहाँसम्म कि कावका दोस्रो नम्बरमा रहेका शङ्करन नायरलाई पनि यसबारेमा जानकारी थिएन । यो एक हिसाबमा ‘ब्लडलेस कू’ थियो र यो चीनको नाक मुनि भएको थियो । यो हिसाबमा ३००० वर्ग कि.मि. क्षेत्र भारतमा विलय भयो ।”

कहुटा परमाणु संयन्त्रको खबर

कहुटामा पाकिस्तानको परमाणु संयन्त्र बनिरहेको पहिलो जानकारी ‘र’ का जासुसहरूले नै दिएका थिए ।

उनीहरूले कहुटाको हजामको दोकानको भुइँमा पाकिस्तानी परमाणु वैज्ञानिकहरूको कपालको नमुना सङ्कलन गरे । त्यसलाई जब भारत ल्याएर परीक्षण गर्दा त्यसमा विकिरणको केही अंश रहेको पत्ता लाग्यो । यसले पाकिस्तानले ‘हतियार स्तर’को युरेनियमलाई या त विकसित गरिसकेको या त त्यसको निक्कै नजिक रहेको भन्ने सावित ग¥यो ।

‘र’ का एक एजेन्टलाई सन् १९७७ मा पाकिस्तानको कहुटा परमाणु संयन्त्रको डिजाइन प्राप्त भएको थियो ।

तर तत्कालीन प्रधानमन्त्री मोरारजी देसाईंले यसलाई दश हजार डलरमा किन्ने प्रस्ताव अस्वीकार मात्रै गरिदिएनन् कि यो कुरा उनले पाकिस्तानका राष्ट्रपति जनरल जिया उल–हकलाई बताइदिए ।

‘र’मा कैयौँ वर्षसम्म काम गरिसकेका मेजर जनरल बीके सिंहले ‘र’ बारेमा ‘सिक्रेट अफ रिसर्च एन्ड एनालिसिस विङ्ग’ नामक किताब लेखेका छन् । उनी भन्छन्– “पाकिस्तानको कहुटा परमाणु संयन्त्रको ब्लु प्रिन्ट ‘र’को एक एजेन्टले हासिल गरिसकेको थियो । उसले यसलाई भारतले लिने हो भने दश हजार डलर मागेको थियो । त्यो समय मोरारजी देसार्इं प्रधानमन्त्री थिए । जब उनलाई यो प्रस्ताव गरियो उनले त्यसलाई अस्वीकार गरिदिए र जियालाई फोन गरेर हामीसँग तपाईंको परमाणु कार्यक्रमको जानकारी छ भनिदिए । हामीलाई त्यो ब्लु प्रिन्ट कहिल्यै प्राप्त भएन । उल्टो जनरल जियाले ‘र’ को त्यो एजेन्टलाई पक्रेर ‘एलिमिनेट’ गरिदिए ।

जब जनरल मुसर्रफको कुरा टेप गरियो 

यसरी नै सन् १९९९ मा कारगिल युद्धको दौरान पाकिस्तानका तत्कालीन सेनाध्यक्ष जनरल परवेज मुसर्रफ चीनको यात्रामा थिए । त्यो समयमा उनका चिफ अफ आर्मी स्टाफ लेफ्टिनेन्ट जनरल आजिज खानले उनलाई बेइजिङ फोन गरेर प्रधानमन्त्री नवाज सरिफले पाकिस्तानी वायु सेना र नौ सेनाका प्रमुखहरूलाई बोलाएर जनरल मुसर्रफले आफूलाई कारगिल युद्धबारेमा अन्धकारमा राखेको गुनासो गरेको बताए । ‘र’ले टेलिफोनमा भएको कुराकानीलाई रेकर्ड मात्रै गरेनन् कि यसका प्रतिलिपि बनाएर अमेरिकासहित भारतमा रहेका सम्पूर्ण राजदूतहरूलाई पठायो ।

मेजर जनरल बीके सिंह भन्छन्, “यो कुराकानीको जुन रेकर्डिङ गरियो त्यो कुनै नयाँ कुरा थिएन । अक्सर यस्तो रेकर्डिङ गर्छ । यो कुरा निक्कै महत्वपूर्ण थियो । यसबाट पाकिस्तानको सेनाले नै कारगिल अप्रेसनको योजना बनाएको थियो भन्ने सावित भएको थियो । गुप्तचरी संयन्त्रबाट प्राप्त भएको जानकारीलाई प्रयोग गर्नु पर्छ न कि प्रचार । यदि तपाईं प्रचार गर्नुहुन्छ भने अर्को पक्षलाई तपाईंलाई यो जानकारी कुन स्रोतबाट प्राप्त भएको हो भनेर थाहा हुन्छ । त्यसपछि उनीहरूले त्यसको उपयोग गर्नै छाडिदिन्छन् । यो जानकारी सार्वजनिक हुनासाथ पाकिस्तानीहरूलाई हामीले तिनको स्याटेलाइट लिङ्क ‘इन्टरसेप्ट’ गरेको थाहा भयो । त्यसपछि उनीहरूले त्यसमा कुरा गर्न छाडिदिए । हुन सक्छ पछि त्यो लिङ्कमा अझै महत्वपूर्ण जानकारीहरू पाइन्थ्यो कि तर हाम्रो कार्यले उनीहरू सावधान भए ।”

आईएसआई पनि ट्यापिङको खेलमा सामेल थियो

पाकिस्तानका गुप्तचर एजेन्सी आईएसआईका पूर्व प्रमुख हमिद गुल ‘र’को यस कार्यलाई धेरै ठूलो कुरा मान्दैनथे ।

उनले बीबीसीसँगको कुरामा भने– “उनीहरूले यो टेप सार्वजनिक गरेर आफू एक व्यवसायिक संस्था नभएको देखाए । टेप गर्नु ठूलो कुरा होइन । तपाईं मलाई विश्वास गर्नुस्, हामी पनि भारतका सबै कुराहरू टेप गर्छौं । सन् १९८७ मा जब म आईएसआईमा थिएँ र राजीव गान्धी श्रीलङ्कामा सेना पठाउने कुरा गरिरहेका थिए तब हामीले यो सबै क्रिकेट म्याचको कमेन्ट्री सुनेझैं सुनिरहेका थियौं । तपाईं फोन सुनेर सबैलाई त्यसबारेमा भन्नुहुन्छ भने त्यो पनि कहीँ ‘उपलब्धी’ हो र ? ‘उपलब्धि’ त तब हुन्थ्यो जब तपाईं आफ्नो सामरिक लक्ष्य पूरा गर्नसक्न हुन्थ्यो । अर्कोतर्फ तपाईं आईएसआईलाई हेर्नुस् उसले एक महाशक्ति राष्ट्र (अमेरिका)लाई अफगानिस्तानभित्र खेलाइरहेको छ । तपार्इं विश्वास गर्नुस् अमेरिकाले हामीलाई यसका लागि ‘तालिम’ दिएको थिएन ।”

‘र’ का पिता रामेश्वर काव भन्थे दुस्मनलाई विषले होइन मह खुवाएर मार

सन् १९६८ मा ‘र’ को ब्लु प्रिन्ट तयार गरिएको थियो । यसलाई इन्टिलिजेन्ट ब्युरो (आईबी)का उपनिर्देशक रामेश्वर कावले तयार पारेका थिए ।

पछि उनलाई ‘र’को पहिलो निर्देशक बनाइयो । सन् १९८२ मा जब फ्रान्सको गुप्तचर एजेन्सीका प्रमुख काउन्ट एलेक्जान्द्रो द मरेंचेसँग सन् ७० दशकको उत्कृष्ट पाँच गुप्तचर प्रमुखहरूको नाम सोधिएको थियो, उनले रामेश्वर कावको नाम पनि उल्लेख गरेका थिए ।

काव यति ‘लो प्रोफाइल’ रहन्थे कि उनी जिउँदो हुँदा उनको कुनै फोटो पत्रिकामा छापिएको थिएन ।

उनीसँग काम गरिसकेका ‘र’का एक पूर्व अतिरिक्त निर्देशक ज्योति सिन्हाले भने, “उनको एक विशेष संवेदनशीलता थियो । कुरा गर्ने एक खास तरिका थियो । कसैलाई दुःख पु¥याउने कुरा भन्दैन थिए । उनको एक वाक्य मलाई निक्कै मन पथ्र्यो । उनी भन्थे– “यदि कोही तपाईंको विरोध गर्छ भने उसलाई विष दिएर किन मार्नुहुन्छ । किन उसलाई धेरै मह दिएन नमार्ने ।” भनाइको मतलब किन उसलाई मीठो तरिकाबाट आफ्नो तर्फ नल्याउने । हामीहरू त्यो जमानामा युवा अफिसर थियौं र हामी काव सरलाई ‘हिरो वरसिप’ गथ्र्यौं ।”

सिख पृथकतावादीको गम्भीरता बुझ्न भएको गल्ती

‘र’ माथि पहिलो प्रश्न तब उठाइयो जब सिख पृथकतावादीको गम्भीरतालाई उसले सरकारसम्म पु¥याउन असफल रह्यो ।

कस्मिरको घटनाको सटिक विश्लेषण गर्न नसक्नु पनि ‘र’को आलोचनाको कारण रह्यो । ‘र’ को कारबाहीलाई छिमेकी देश पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईको कारबाहीसँग तराजुमा राखेर हेर्नु स्वभाविक थियो ।

आईएसआईका पूर्व प्रमुख हमिद गुललाई उनको मृत्युको केही दिनअघि भएको भेटमा ‘र’ एक व्यावसायिक गुप्तचर एजेन्सीका रूपमा आफ्नो उद्देश्यमा सफल भयो कि भएन भनेर सोधिएको थियो । उनको जवाफ थियो, “उसले पाकिस्तानको मानसिकतालाई कहिल्यै पनि बदल्न सकेन । उनीहरू पाकिस्तानका विश्वविद्यालयहरूमा प्रवेश गरे र पाकिस्तानलाई सधैँ अस्थिर गर्ने प्रयास गरे । पाकिस्तानमा सिया–सुन्नीबीचमा दङ्गा र बलुचिस्तानमा गडबडी भड्काउन पनि उसको ठूलो भूमिका रहेको छ । ‘र’लाई अब सबैभन्दा ठूलो मार अफगानिस्तानामा पर्नेवाला छ । अमेरिका जब यो युद्ध हार्छ तब भारतले अफगानिस्तनमा गरेका सम्पूर्ण ‘लगानी’ डुब्नेछ । शीतयुद्धमा भारत सधैँ सोभियत सङ्घसँग टासिइरह्यो । उसको गाडीमा चढिरह्यो । फेरि म गुट निरपेक्ष छु पनि भनिरह्यो । आजकल पूरै संसारमा ‘विश्वव्यापी सम्राज्यवाद’ विरुद्ध वातावरण बनिरहेको छ । भारत भने यो समयमा ‘साम्राज्यवाद’को काखमा पुगेको छ । ‘साम्राज्यवाद’को अन्त्य निश्चित छ र त्यस हारले ‘र’ होस् वा भारत दुवैको सुरक्षा नीति धक्का पुग्नेछ ।”

र’ भर्सेस आईएसआई

अर्कोतर्फ ‘र’का पूर्व अतिरिक्त निर्देशक ज्योति सिन्हाले आईएसआईलाई सबैभन्दा ठूलो फाइदा उसलाई त्यहाँको सेनाको समर्थन प्राप्त हुनु हो भनी बताए । यही कारणले उसलाई आफ्नो कारबाहीबारे त्यहाँको सरकारलाई पनि जवाफ दिइरहनुपर्दैन ।

तर यसको बाबजुद भारतीय उपमहाद्विपको बारेमा उसको सामरिक सोच वास्तविकताभन्दा टाढा रहेको भनेर कैयाँै प्रश्न उठेका छन् ।

ज्योति सिन्हा भन्छन्– “आईएसआईले सानोतिनो लडाइँ निश्चय नै जितेको छ । तर युद्धहरूमा उसको हार भएको छ । अर्कोतर्फ ‘र’ ले सानोतिनो लडाइँ हारेको भए पनि युद्ध भने सधैं जितेको छ । आईएसआईले पाकिस्तानलाई सुरक्षित बनाउनका लागि जुन बाटो रोजेको छ त्यसले उल्टो पाकिस्तानमाथि बोझ बढाएको छ । उनीहरूले भारतविरुद्ध इस्लामिक आतङ्कवादलाई प्रयोग गरेमा भारत असफल हुने र पाकिस्तानको जित हुने ठानेका थिए । जिया उल–हकले यसलाई ‘स्ट्रेजिक ब्लिडिङ इन्डिया टूू डेथ बाई हन्ड्रेड वुन्डस (सयौं घाउ दिएर भारतलाई मार्ने रणनीतिक रक्तस्राव)’ नाम दिए । तपाईं आफै हेर्न सक्नुहुन्छ पाकिस्तानलाई यो कति महँगो परेको छ ।”

‘र’का एक अर्काप्रमुख एएस दुलतले ‘र’ले कैयाँै कारबाहीहरू प्रचार नगरी कार्यान्वयन गरेको मान्छन् ।

दुलत भन्छन्, “धेरै घटनाको पछाडि ‘र’ को हात रह्यो । तर कहिल्यै पनि उसलाई यसका लागि श्रेय दिइएन र उसले पनि यसका लागि कोसिस गरेन । आर्ईएसआईका पूर्व प्रमुख असद दुर्रानीले एक पटक मसँग भनेका थिए, ‘र’ आईएसआईभन्दा राम्रो होस् नहोस् तर बराबर भने छ । हामी जुन काम खुल्ला रूपमा गर्छौं तपाईंहरू त्यो काम कुनै प्रचारबिना गोप्य रूपमा गर्नुहुन्छ ।”

भारतको अमेरिकासँग सम्बन्ध सुधारमा ‘र’को भूमिका

गुप्तचर एजेन्सीको सफलता र असफता हरेक पटक बाहिर आउँदैन ।

कैयाँै पटक केही ऐतिहासिक घटनामा सीधै तिनको हात हुन्छ तर त्यसको श्रेय उसलाई तुरुन्त वा कहिल्यै पनि दिइँदैन ।

आनन्दकुमार वर्माले यस्तै एक घटनाको सम्झना गरे “यो कुरा १९८०–८१ को हो जब इन्दिरा गान्धी चुनाव जितेर आएकी थिइन् । उनी हामीहरूले अमेरिकासँग नयाँ हिसाबबाट काम सुरु गरोस् भन्ने चाहन्थिन् । त्यो समय अमेरिकी रक्षा मन्त्रालय पेन्टागन भारतको उग्र विरोधी थियो । उनीहरूलाई सोभियतसँग नजिक रहेको भारतमा सोभियत सैनिक अधिकारी हामीलाई सल्लाह दिइरहेको मान्थे । अमेरिकी विदेश मन्त्रालय र रक्षा मन्त्रालयमा भारतप्रतिको सोच निक्कै फरक थियो । अर्कोतर्फ भारतको विदेश मन्त्रालयमा पनि सोभियत सङ्घप्रति आकर्षण थियो । उनीहरूलाई आफ्नो स्वभाव परिवर्तन गर्नलाई निक्कै अफ्ठ्यारो भइरहेको थियो ।”

वर्माले भने, “इन्दिरा भारतको अमेरिकाप्रतिको नीतिको समीक्षा गर्न चाहन्थिन् । तर उनकै विदेश मन्त्रालयका मानिसहरू यसको विरुद्धमा थिए । तब दृश्यमा आए–ए डब्लू । उनले भारतको विदेश मन्त्रालय र अमेरिकाको रक्षा मन्त्रालयलाई विश्वासमा नलिई एक फरक ‘लिङ्क’ तयार गरे र त्यसलाई भारत उनीहरूसँग आफ्नो नीति परिवर्तन गर्न चाहन्छ भनेर बुझाए । यस बारेमा तपाईंको रक्षा मन्त्रालय र हाम्रो विदेश मन्त्रालयले भनेको कुरालाई तपाईंले गम्भीरतासँग नलिनुस् भने । सन् १९८२ मा इन्दिरा गान्धिलाई अमेरिका भ्रमणको निमन्त्रणा आयो । उनी त्यहाँ गइन् र त्यहाँ उनले यस्तो कदम लिइन् जो प्रोटोकलको विरुद्ध थियो । उनले तत्कालीन उपराष्ट्रपति जर्ज बुस सिनियरलाई राजकीय पाहुनाको रूपमा भारत आमन्त्रित गरे । सामान्यता प्रधानमन्त्रीले राष्ट्रपतिलाई आफ्नो देशको भ्रमणको निमन्त्रणा दिन्छन् । बुसले इन्दिराको आमन्त्रण स्वीकार गरे र त्यहाँबाट भारत अमेरिकाको सम्बन्धमा नयाँ जग राखियो ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप