शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यो साता बजार : लोक दोहोरीदेखि तीज गीतसम्म

सोमबार, १८ असार २०७५, १० : ०६
सोमबार, १८ असार २०७५

काठमाडौँ– पछिल्लो समय बजारमा नयाँ गीत सङ्गीत सार्वजनिक हुने क्रम बढ्दो छ । कम्तीमा पनि सातामा आधा दर्जन वा सोभन्दा बढी नयाँ गीत सार्वजनिक हुने गरेका छन् । यस्तैमा यो साता पनि करिब एक दर्जन हाराहारीको नयाँ गीत सङ्गीत सार्वजनिक भएका छन् । तिनमा लोक दोहोरीदेखि तीज गीतसम्म रहेका छन् ।

‘कुशुम तिम्रो पछ्यौरी’
रोमान्टिक शैलीको म्युजिक भिडियो ‘कुशुम तिम्रो पछ्यौरी’ सार्वजनिक भएको छ  । प्रलाप राईको स्वर, टीका दाहालको सङ्गीत र रमेश दाहालको शब्द रहेको म्युजिक भिडियोमा विकास लामिछाने र आश्मा गिरीको अभिनय रहेको छ । भिडियोलाई प्रकाश दाहालले निर्देशन गरेका हुन् । भिडियोमा एक रोमान्टिक प्रेम कथा देख्न सकिन्छ ।

‘घरबार बनाई देऊ’
गायक जयराम शाही र गायिका देवी घर्तीको आवाजमा रहेको नयाँ मौलिक भाकामा आधारित गीत ‘घरवार बनाई देऊ’कोे भिडियो सार्वजनिक भएको छ । युवा युवतीमा आइपर्ने विशेष परिस्थितिलाई चित्रण गरिएको गीतमा मौलिकपनको नेपाली संस्कृति झल्काउने गरी  छायाङ्कन गरिएको हो । अलिफ खानको शब्द तथा राजु अर्यालको सङ्गीत गीत छ ।  रामजी खाँड, करिश्मा ढकाल र सोनु थापाको अभिनय रहेको भिडियो काजिस श्रेष्ठले निर्देशन गरेका हुन् । 

‘इनु तुखे’ 
यासेली योङहाङ र सीता सिंगकको आवाज रहेको ‘इनु तुखे’ बोलको गीतको म्युजिक भिडियो सार्वनजिक भएको छ । गीतकार तथा कलाकार गीता पालुङवाको शब्द अनि गायक योङहाङद्वारा नै सङगीतबद्ध भिडियोका निर्देशक लोकेन साँवा हुन् । लिम्बु संस्कृति र सभ्यसँग जोडिएको भिडियोमा लिम्बुहरूको प्राचीनदेखि हालसम्मको यथार्थलाई चित्रण गर्न खोजिएको छ ।

‘निश्चल हिमालझैँ’ 

पछिल्लो समय दर्शकले रुचाइएकी गायिका मेलिना राई स्वरमा नयाँ गीत ‘निश्चल हिमालझँै’ रिलिज भएको छ । दीपेन्द्र थाम्सुहाङले शब्द रहेको गीतको भिडियो भुपेन्द्र तुम्बाहाङ्फेले निर्देशन गरेका हुन्  । निराजन प्रधान र सिम्रान श्रेष्ठ फिचरिङ छन् । निकै सुन्दर लोकेसनमा खिचिएको भिडियोमा निराजन र सिम्रानको जोडी मिलेको देखिन्छ । 

‘तिमी करोडमा सानु म चाहिँ रोडमा...’
गायक सङ्गम लिम्बुले फरक शैलीको गीत ‘तिमी करोडमा सानु म चाहिँ रोडमा...’का साथ देखिएका छन् । गीतमा सङ्गीतविना पनि शब्दमा गाएका छन् उनले । ‘मैले एउटा फरक प्रयोग गर्न खोजेको हुँ’, दर्शक र स्रोताले पक्कै मनपराउनु हुने छ भन्ने आशावादी रहेको छु’, उनले भने ।
सङ्गमकै शब्द, सङ्गीत र स्वरमा रहेको यो गीतको भिडियो पनि बनेको छ । महेश महराको छायाङ्कन, वीरेन्द्र भाट ‘विपिन’ र सङ्गमको निर्देशनमा तयार भएको भिडियोमा सङ्गम आफै, शान्ति लिम्बु, दीपा र मनले अभिनय गरेका छन् ।
 

‘तिमीबाहेक’ 
प्रियसी म्युजिकको प्रस्तुतिमा लालबहादुर रोकाया ललितको मार्मिक लोकदोहोरी ‘तिमीबाहेक’को भिडियो बजारमा आएको छ । गायक लालबहादुर रोकाया र गायिका टीका पुनको आवाजमा रहेको गीत वियोगान्त पीडाको अनुभूति समेटिएको छ । लालबहादुर रोकायाको  शब्द तथा कमल सङ्गीतको मौलिक लय सिर्जना रहेको गीतको म्युुजिक भिडियोलाई बबिता पुरीले निर्देशन गरेकी हुन् । भिडियोमा विमल अधिकारी र सञ्चिता शाहीको अभिनय छ ।
 

‘बिझाउँदिन’
गायक दुर्गा साँवाको स्वरमा नयाँ गीत ‘बिझाउँदिन’ सार्वजनिक गरिएको  छ । गीतमा मुकेश राईको शब्द रहेको छ । गीतको भिडियो पनि बनेको छ । भुपेन्द्र तुम्बाहाङ्फेको निर्देशनमा बनेको भिडियोमा निराजन प्रधान र सिम्रान श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा एक विधवा महिलासँग हुने एक युवाको प्रेम देख्न सकिन्छ । तराईको सुन्दर लोकेसनमा छायाङ्कन गरिएको भिडियोलाई भुपेन्द्रले नै खिचेका हुन् भने टेकेन्द्र शाहको सम्पादन रहेको छ । 

‘लेखे एउटा’
नेपाल आइडलका सेकेन्ड रनरअप गायक प्रताप दासको स्वरमा रहेको नयाँ गीत ‘लेखे एउटा’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा दुई प्रेमीको बाल्यकालीन समयदेखि युवावस्थासम्मको प्रेमलाई देखाइएको छ । हरि पराजुलीको शब्दमा सरोज पोखरेलको सङ्गीत रहेको गीतमा प्रेमका कुराहरु प्रस्तुत गरिएको छ । गीतमा आमोङ तामाङको एरेन्ज, साजन शाहको मिक्सिङ र मास्टरिङ छ । केदार धितालको निर्देशनमा बनेको भिडियोमा श्रेया कार्की र कमल सिंहको अभिनय हेर्न पाइन्छ । भिडियोमा बाल कलाकार विराज ढकाल र आस्मा परियारलाई पनि देख्न सकिन्छ ।

‘सूर्य छेकिँदैन’
गायक टेकम पाण्डे र गायिका सुमित्रा काफलेको आवाजमा रहेको निकै मार्मिक गीत ‘सूर्य छेकिँदैन’को भिडियो सार्वजनिक भएको छ । डम्बर चन्द बगरको शब्द तथा रामु खड्काको लय सिर्जना रहेको भिडियोमा छ । सारिका केसी र ओवी रायमाझीको अभिनय देख्न सकिन्छ । भिडियो निर्देशन कपिल लामाले गरेका हुन् ।

‘बेहुली बनाउँछु’
नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा तुलसा थापा र सीता थापाले मौलिक लोकदोहोरी गीत ‘बेहुली बनाउँछु’ सार्वजनिक गरिएको छ । ‘बेहुली बनाउँछु’ गीतमा भगीरथ चलाउने र गायिकाहरू तुलसा थापा र सीता थापाकोे आवाज रहेको छ ।  समय र परिस्थितिले गर्दा आफ्नो माइती घर जान नपाएका चेलीहरुको गुनासो तीज गीतमा समेटिने गरिन्छ । महेन्द्र विश्वकर्माको शब्द तथा सागर लामाको लय  रहेको गीतको भिडियोमा सागर थापा र कशिषा थापाले अभिनय गरेका छन् । भिडियोलाई काजिश श्रेष्ठल गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप