बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

के ‘मोक्ष’ पाउन एकै परिवारका ११ सदस्यले गरे आत्महत्या ?

सोमबार, १८ असार २०७५, ०९ : २६
सोमबार, १८ असार २०७५

बीबीसी

उत्तरी दिल्लीको बुराडीमा आइतबार बिहान सात महिलासमेत एकै परिवारका ११ सदस्य मृत पाइए । यीमध्ये १० जना झण्डिएका थिए र सबैको आँखा कपडाको टुक्राले छोपिएको थियो ।

त्यही तन्नाको कपडाले मुख पनि छापिएको थियो । यसका साथै एक ७७ वर्षीया वृद्धाको शव उनकै घरको अर्को कोठाको भुइँमा भेटिएको थियो । पुलिसका अनुसार उनको घाँटी थिचेर हत्या गरिएको हो ।

अनुसन्धानमा खटेका पुलिसले घरबाट एउटा हस्तलिखित नोट बरामद गरिएको जानकारी दिए ।

ग्राउन्ड रिपोर्टः ‘११ जना झुण्डिएको देख्दा म भयभीत भएँ’

उक्त नोटबाट थाहा हुन्छ कि पूरा परिवार एउटा रहस्यमयी आध्यात्मिक तरिका अपनाउथे । उत्तरी दिल्लीको एडिशनल एसीपी विनित कुमारले भने, ‘नोटमा जे कुरा लेखिएको छ मर्ने तरिका पनि त्यसरी नै अपनाइएको छ । ’

मुख र आँखा छोप्ने तरिका पनि नोटसँग हुबहु मिल्छ । पुलिसका अनुसार घरबाट दुई रजिस्टर पनि बरामद भएका छन् जसमा मोक्ष हाँसिल गर्ने तरिकाबारे जानकारी दिइएको छ ।

एकै परिवारका ११ को शव भेटियोः बिहान पसल नखोल्दा छिमेकीले देखे भयानक स्थिती

आधा भरिसकिएको उक्त रजिस्टर गत डिसेम्बरबाट लेख्न सुरु गरिएको थियो । जून २६ तारिखमा चार पेज लेखिएका थिए । यसमा जून ३० मा भगवानलाई भेट्ने कुरा लेखिएको छ । यसमा लेखिएको थियो, ‘शरिर नश्वर छ र आत्मा अमर । ’ हात मुख ढाकेर कसरी आफ्नो डर भगाउने भन्ने बारे पनि यसमा लेखिएको छ । उक्त रजिस्टरमा निर्वाणको कुरा पनि गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप