नीति तथा कार्यक्रम र बजेटको पक्षमा दृढतापूर्वक उभिन प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं– प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटको पक्षमा दृढतापूर्वक उभिन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने सरकारको मिसनबारे जनतालाई आश्वस्त पार्न पनि आत्मविश्वासका साथ अघि बढन पार्टीका सांसदहरुको गम्भिर ध्यानाकर्षण गराए ।
पार्टीका सांसदहरुलाई नियमित भेटघाट गर्ने कार्यक्रम अन्तरगत आईतबार प्रदेश नम्बर १ सांसदहरुसँग सिंहदरबारमा सामुहिक भेट गर्दै उनले सरकार मुलुकलाई समृद्ध बनाउने मिसनका साथ अघि बढेकाले त्यसमा साथ दिएर अघि बढन सांसदलाई सचेत गराए ।
सरकारको नीति तथा कार्यक्रम र बजेटको पक्षमा दृढतापूर्वक उभिन प्रधानमन्त्री ओलीले आफूहरुलाई निर्देशन दिएको भेटमा सहभागी सांसद योगेश भट्टराईले जानकारी दिए । त्यसक्रममा पार्टीका सांसदहरुले पनि जनताको गुनासोबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । सरकारबारे प्रदेश नम्बर १ का जनताको गुनासो पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको सांसद भट्टराईले बताए ।
प्रधानमन्त्री ओलीले आईतबारबाट पार्टीका सांसदहरुको औपचारिक भेटघाट कार्यक्रम सुरु गरेका हुन् । पार्टीका सांसदहरुले नै सरकारको नीति तथा कार्यक्रम र विनियोजन बजेटबारे आलोचना गरिरहेका छन । प्रधानमन्त्री ओलीले पार्टीका सांसदहरुको भेटमा बजेट पर्याप्त नभएकाले सबै क्षेत्रमा माग अनुसारको बजेट व्यवस्थापन गर्न नसकिएको स्पष्टिकरण दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण