शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘सञ्जु’ रिभ्यु' : एक प्रभावशाली निर्देशकले आफ्नो अभिनेता साथीलाई दिएको एक महँगो उपहार !

आइतबार, १७ असार २०७५, १४ : ३८
आइतबार, १७ असार २०७५

भारतजस्तो देशमा कथा–वाचन पहिलेदेखि नै विशिष्टहरूको कब्जामा रह्यो । सायद भावि दिनमा पनि लामो समय यही अवस्था कायम रहनेछ ।

त्यसैले १० अर्ब भारु कमाई गरिसकेका फिल्महरू बनाइसकेका बलिउडका सबैभन्दा सफल निर्देशक राजकुमार हिरानीले जब आफ्नो साथी र सहकर्मी सञ्जय दत्तको जीवनमा फिल्म बनाउने निर्णय गरे, त्यो कार्य दम्भ र शक्तिको हुङ्कार ठानियो । 

तर, स्पष्ट रूपमा परोपकारी देखिने कलासमेत खासमा एक अनिष्टकारी नहुने आत्मकेन्द्रित÷अहंकारी (नारसिस्टिक) कार्य न हो । वा अर्को भाषमा भन्ने हो कला एक कथालाई पुनरलेखन गर्ने अवसर वा अलि रूखो भाषामा अरूका कथामा आफ्नो कथ्यको छाप छोड्ने प्रयास हो ।

अधिकांश बलिउड अभिनेताहरूले तिनको प्रतिभाको तुलनामा अत्यधिक बढी चर्चा पाउने गर्छन् । यस्तो सांस्कृतिक वातावरणमा सञ्जुमा एक सफल फिल्मनिर्माताले आफ्नो साथीमाथि दर्शकहरूको सहानुभूति जुटाउन उनलाई पीडितका रूपमा प्रस्तुत गरेर ‘अति गरे’ जस्तै लाग्ने काम गरेका छन् । यो कार्यले सचेत दर्शकको मनमा टक्टक्याएर पनि नजाने एक खालको असहज रित्तो भावना उत्पन्न गर्छ ।

तर, स्वतन्त्र रूपमा कथालाई मात्र ध्यान दिने हो भने यो फिल्म आफैमा भव्य छ । फिल्म हेर्दा हिरानीले निर्माण गरेको यो संसारमा प्रवेश नगर्नु र उनको आँखाबाट यसलाई हेर्न नखोज्नु हिरानी र फिल्मका कास्टहरूप्रति अन्याय हुन्छ ।

रणवीर कपुरको मुख्य भूमिका रहेको सन्जु फिल्मको कथा सन् २०१३ बाट सुरु हुन्छ । यो वर्ष सञ्जय दत्तलाई पाँच वर्षको जेल सजाय दिइएको थियो । त्यसपछि फिल्मको कथा फ्ल्यासब्याकमा सन् १९८१ को समयमा पुग्छ । त्यो वर्ष सञ्जय दत्तले आफ्नो पहिलो फिल्म ‘रकी’ मा सुटिङ गरिरहेका थिए ।

त्यही वर्ष दत्त कडा खालको ड्रग्सहरू : एलएसडी, कोकिन र हिरोइनको दुर्व्यसनी भएका थिए । ड्रग्सले धुत हुँदा उनका लागि बिहानी, साँझ र रात एकअर्कामा जोडिएझैँ हुन्थ्यो । त्यो समय उनी एक सफल अभिभावकका बिग्रिएको छोरा थिए । 

ट्रेलरमा जस्तै फिल्मको प्रारम्भमा दर्शकलाई सञ्जयको अभिनय गरेका रणवीरले दत्तको पात्र नै हुन् भन्ने विश्वास दिलाउन खोजिएको छ । तर रणवीरले यो फिल्मबाट आफूलाई आफूले चरित्र निभाएको अभिनेता दत्तभन्दा निक्कै प्रतिभावान अभिनेता हुन् भन्ने सावित गरेका छन् ।

कपुरले दत्तको पहिचान रहेको कुप्रिएको कुम, लोलाएका आँखा र फरक हिँडाइ जस्ता विभिन्न हाउभाउ एकदम सहजताका साथ अभिनय गरेका छन् । तर फिल्ममा कपुरले दत्तको सम्पूर्ण क्यारिकेचर गरेका छैनन् । यसले फिल्मलाई झनै राम्रो बनाएको छ ।

हुन त कपुरलाई मेक–अप र प्रोस्थेटिकको पनि सहयोग रहेको छ तर उनको सशक्त अभिनयले संवाद नभएको र दत्तको नक्कल नगरेको अवस्थामा पनि दत्तकै पात्र निभाइरहको छन् भन्ने विश्वास दिलाउँछ ।

६२ मिनेट लामो फिल्म हेरिसक्दा पनि एक व्यक्तिका रूपमा सञ्जयलाई प्रयाप्त रूपमा चिनाउन नसक्नु फिल्मको दुभाग्र्य हो । फिल्ममा सञ्जयले सङ्घर्ष गरेका कैयाँै दृश्यहरू छन् तर तिनले सञ्जयलाई एक अभिनेताका रूपमा, एक नागरिकका रूपमा र एक छोराका रूपमा कसरी असर ग¥यो वा परिवर्तन ग¥यो भनेर हिरानीले थोरै मात्र प्रकाश हालेका छन् ।

यो एउटा आइरोनी (विडम्बना) हो कि आजसम्म एक चञ्चल पुरुषको छविमा सीमित गराइएका कपुरजस्ता प्रतिभावान अभिनेताको सबैभन्दा परिपक्व अभिनय आफैंमा चञ्चल वयस्क पुरुष भनेर चर्चित व्यक्तिको भूमिका निभाउँदा देखिन्छ ।

हिरानीले विभिन्न अन्तरवार्ताहरूमा दत्तको असाधारण कथाबाट उनलाई यो फिल्मको विचार आएको भनेका छन् । ड्रगको लतमा भासिएको र पछि आतङ्कवादी गतिविधिमा जोडिएको आरोपमा जेल सजाय पाएको एक चर्चित फिल्म अभिनेताको छोराको कथाले निश्चय नै केही उत्सुकता निम्त्याउँछ । किनकि यो कथामा सेलिब्रिटी, मिडिया र न्यायिक प्रणालीहरू जोडिएर आउँछन् । तर यति मात्रै आफैमा एउटा कथानाक फिल्मलाई धान्नका लागि प्रयाप्त भने हँुदैनथ्यो । यस्तो हुनुमा यो कथा धेरै पटक मिडियाबाट पहिले बाहिर आइसकेकाले धेरैको जानकारीमा रहिसकेको कथा हो ।

त्यसैले यो कथामा बाँधेर राख्ने तत्व अन्य सफल कथामा जस्तै यसमा रहेको व्यक्ति र उनीहरूबीचको सम्बन्ध हो । हिरानीले फिल्मको प्रारम्भमा दत्तको अस्पष्ट भय (एन्जाइटी), ड्रगमा बारम्बारको पलाएनलाई उत्कृष्ट हिसाबले प्रस्तुत गरेका छन् । 

फिल्ममा दत्तको सबैभन्दा ठूलो डर आफ्नो बाबुको जस्तो महानता हासिल गर्न नसकुँला र एक साधारण जीवन होला भन्ने देखाइएको छ । “उसलाई सुनिल दत्त हुनुपर्दैन, सञ्जय दत्त नै हुँदा पनि ठीक छ भनेर भनिदिनुस्,” फिल्मको एक दृश्यमा सञ्जयका साथी कमलेश (विक्की कौशल, जसले यो पात्र निक्कै राम्ररी निभाएका छन्) ले सञ्जयका फिल्मस्टार बाबु सुनिल (परेश रावल)लाई भन्छन् । यो एक सानो र अद्भूत दृश्यले हामीलाई एक अभिनेता, उसको पिता, अंशमै सफलता आउने परिवारका बारेमा हामीलाई थाहा भएको भन्दा धेरै भन्छ ।

सञ्जुमा यस्ता धेरै पलहरू आवश्यक थियो । फिल्म निर्माता तथा लेखकहरू (हिरानी र अभिजात जोशी)ले कथाभित्र कथाहरू भेटाएका छन् । कथाका यी तहहरू खुल्दै जँदा एक स्टार साधरण मानिस बनेका छन् । त्यस्ता महत्वपूर्ण कोमलताहरू यो फिल्मबाट टड्कारो रूपमा गायब छन् । 

फिल्ममा केही दृश्यहरू छन्, जस्तो आमा नर्गिस (मनिसा कोइराला) कोमामा हुँदा पनि सञ्जु हिरोइन ड्रग प्रयोग गर्नबाट आफूलाई रोक्न सक्दैनन् । त्यो दृश्य माथि उल्लखित कमलेश सुनिलबीचको संवादको गहनाको हाराहारीमा आउँछ ।

१६२ मिनेट लामो फिल्म हेरिसक्दा पनि एक व्यक्तिका रूपमा सञ्जयलाई प्रयाप्त रूपमा चिनाउन नसक्नु फिल्मको दुभाग्र्य हो । फिल्ममा सञ्जयले सङ्घर्ष गरेका कैयाँै दृश्यहरू छन् तर तिनले सञ्जयलाई एक अभिनेताका रूपमा, एक नागरिकका रूपमा र एक छोराका रूपमा कसरी असर ग¥यो वा परिवर्तन ग¥यो भनेर हिरानीले थोरै मात्र प्रकाश हालेका छन् ।

यो फिल्म सबैभन्दा उच्च पक्ष यसका उपकथाहरू हुन् । चाहे त्यो दत्त र कमलेशबीचको कथा होस् वा आफ्नो छोरालाई गुमाउँदै गएको अवस्थालाई असाहय रूपमा छेउबाट हेरिरहका पिता सुनिलमा केन्द्रित कथामा होस् । 

बलिउड कुनै मुद्दामा उभिँदैनन् भनेर धेरै भनिएको छ तर सञ्जुले देखाएको छ, उनीहरू कम्तीमा एकअर्काका लागि उभिँदा रहेछन् ! 

सञ्जु जीवनीको भद्दा रूप मानिने मुख्य पात्रको नायकीकरण होइन । तर पनि यो फिल्ममा सञ्जय दत्तको जीवनको कैयौँ पक्षहरूलाई काँटछाँट गरिएको छ । यसमा दत्तको जीवनलाई जाँच्न र प्रश्न गर्न हिच्किचाइएको छ ।

सन् १९९३ को मुम्बई बम हमलासँग सम्बन्धित दृश्यलाई हतार र सरसर्ती देखाइएको छ । कुनै पनि सचेत फिल्मले एके–५६ र ‘आत्म–रक्षा’बीचमा रहेको सम्बन्धबारे कम्तीमा केही सोचविचार गर्नुपर्ने हो ।

फिल्ममा राज्यको चौथो अङ्गलाई खलनायक रूपमा देखाइएको छ । समग्र पत्रकारितालाई दत्तको अवनती र पक्राउका लागि जिम्मेवार देखाइएको छ । मनोरञ्जन पत्रकारितामा बढी पाठक पाउनका लागि अभिनेताको जीवनलाई सनसनीपूर्ण बनाउने र सम्झौता गर्ने कुरा साँचो हो । तर एउटा सम्पूर्ण पेसामाथि हिलो छ्याप्ने कार्यले विशेष गरेर आजको ‘फेक न्युज’ र ‘पेड न्युज’को वातावरणमा गलत अर्थ दिन्छ र अझ खतरनाक पनि हुन्छ ।

उता हिरानीले छोटो फ्याल्सब्याकमा अनावश्यक रूपमा एक दृश्यको आयातमा जोड दिएका जस्ता उदाहरणहरू छन् । यसले उनको आत्मविश्वासको कमी देखाउँछ । 

त्यस्तै कमलेशले दशकौँपछि पनि एक समाचारपत्रको कटिङ लिएर हिँडेको, एक विदेशी लेखकले अङ्ग्रेजीमा लेखेको जीवनीको नाम ‘कुच तो लोग कहेन्गें’ नाम रहनुजस्ता दाँतमा ढुङ्गा लाग्ने खालको प्रसङ्गले यो फिल्मको यथार्थसँगको असहज सम्बन्धलाई देखाउँछ । 

यी कमजोरीहरूको बाबजुद सञ्जु लाई राजकुमार हिरानीको ‘मुन्ना भाइ एमबीबीएस’पछि सबैभन्दा राम्रो फिल्म मान्न सकिन्छ । किनकि यहाँ उनले न त हास्यको नाममा गम्भीर समाजिक समस्याका जटिलतालाई छोप्न खोजेका छैन् न त कुनै यसको ठूलो हिस्सा कुनै सहज नैतिक दृष्टिकोणले ओगटेको छ ।

आफ्नो वाचा अनुरूप नै सञ्जु दुई प्रभावशाली बलिउड फिल्मकर्मीको एक निजी लेनदेन हो । अझ प्रष्टसँग भन्ने हो भने एक फिल्म निर्माताको तर्फबाट आफ्नो साथीलाई दिइएको एक महँगो र प्रितिकर उपहार हो । 

बलिउड कुनै मुद्दामा उभिँदैनन् भनेर धेरै भनिएको छ तर सञ्जुले देखाएको छ, उनीहरू कम्तीमा एकअर्काका लागि उभिँदा रहेछन् ! 

आखिरमा शक्ति भनेको के हो र ? यो संसारलाई आफ्नो मनपर्ने रङले रङ्ग्याउने कार्य न हो ।

(द वायरबाट)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तनुल ठाकुर
तनुल ठाकुर
लेखकबाट थप