बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको डिसीमा तेश्रो नेप्लिज अमेरिकन सम्मेलन सुरु

आइतबार, १७ असार २०७५, १३ : ५१
आइतबार, १७ असार २०७५

विजय थापा
अमेरिका–डिसीमा आज जुन २९ तारिख देखि जुलाई १ सम्म हुने तेश्रो नेप्लिज अमेरिकन कन्भेन्सन (सम्मेलन) सुरु भएको छ । सम्मेलनको प्रमुख अतिथि अमेरिकाका लागी नेपाली राजदूतत अर्जुनकुमार कार्कीले उद्घाटन गरेका हुन् । प्रमुख अतिथि राजदूत कार्कीले अमेरिकामा आएर पनि नेपाली कला संस्कृति ,पहिचानलाई निरन्तरता, प्रबर्धन र सम्बर्धन गरेकोमा उच्च सम्मान गर्न चाहेको बताए ।

यसै गरि अर्का अतिथि ह्यारी भण्डारीले अब हामी कहाँ जाने भन्ने कुराले महत्व राख्ने बताए । उनले ८० प्रतिशत अमेरिकन स्वेतहरुको मतले आफुले डेमोक्रेटिक दलको तर्फबाट प्राथमिक निर्वाचन जितेको भन्दै ६ हजार घरहरुमा घर दैलो अभियान गरेको बताए । 

साथै साँझ ८ः३० मा सांस्कृतिक सांझ कार्यक्रममा क्यालीफोर्नियाबाट लोकप्रिय गायिका नलिना चित्रकार ,न्यु योर्कबाट संजोक योञ्जन ,नव युवा गायक रुद्र शर्मा लगायत भर्जिनिया स्थित नेपाली पाठशाला सेन्टरभिलका विद्यार्थीहरुले विशेष नेपाली संस्कृतिक झल्कने बेजोड प्रस्तुति गरेका थिए ।

स्वागत मन्तब्य सम्मेलन संयोजक बिना लामाले गरेकी थिइन् । ।  सम्मेलनको पहिलो दिन जुन २९ तारिख शुक्रबार देखि विभिन्न खेलकुद सुरु भै रहेको छ ।  कार्यक्रमको सभापतित्व एनआरएन भर्जिनिया शाखाका सभापति गोविन्द सुवेदीले गरेका थिए भने धन्यवाद ज्ञापन उनले गरेका थिए । 

समुदघाटन कार्यक्रमको संचालन उज्जवल खडकाले गरेका थिए । यसै गरि सांस्कृतिक कार्यक्रम संचालन पेग याग तामाग तथा परि पराजुली संयुक्त रूपमा गरेका छन् ।  सम्मेलनका अध्यक्ष बिश्व सुबेदीले सबैलाई सहभागी जनाउन आग्रह गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप