मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

एकै परिवारका ११ को शव भेटियोः बिहान पसल नखोल्दा छिमेकीले देखे भयानक स्थिती

आइतबार, १७ असार २०७५, १२ : २७
आइतबार, १७ असार २०७५

उत्तर दिल्लीको बुराडीस्थित सन्त नगर इलाकामा एकै परिवारका ११ सदस्यको शव भेटिएपछि सनसनी मच्चिएको छ । पुलिसले सामूहिक आत्महत्या वा सामूहिक हत्या दुबै एंगलबाट यसबारे अनुसन्धान गरिरहेको बताएको छ ।

मिडिया रिपोर्टका अनुसार उक्त परिवार मूल रुपमा राजस्थानका थिए । उनीहरुले सन्त नगरमा खाद्य सामग्रीको पसल र प्लाइवुडको व्यापार गर्ने गरेको पुलिसले जानकारी दिएको छ ।

आइतबार बिहान सधैं झैं बिहान ६ बजे खाद्य सामग्रीको पसल नखुल्दा सायद कसैले पनि अनुमान गरेका थिएनन् कि यो परिवारका ११ सदस्य कहिले नब्यूझिँने निन्द्रामा छन् ।

मिडिया रिपोर्टका अनुसार बिहान करिब साढे सात बजे एक छिमेकी पसल नखोलेपछि के भयो भनेर हेर्न गए । ढोका खुल्ला भएकाले भित्र जाँदा उनले भयानक दृश्य देखे । छिमेकीले घटनाबारे तत्काल पुलिसलाई जानकारी दिए । पुलिसले अनुसन्धान सुरु गरिसकेको छ र वरिपरिको सिसिटीभी क्यामराको अनुसन्धान गरिरहेको छ । पुलिसका अनुसार एक वृद्ध महिला आफ्ना दुई छोरा र ११ सदस्यसहित करिब दुई दशकदेखि त्यहाँ बसिरहेका थिए ।

उनका तेस्रो छोरा चित्तौडगढमा बस्छन् । वृद्ध महिलाकी एक विधवा छोरी (५८ वर्ष) पनि उनीसँगै बस्थिन् । पुलिस घटनास्थलमा पुग्दा वृद्ध महिलाको शव जमिनमा थियो  जबकी अन्य १० मृतकको आँखामा पट्टी बाँधेर रेलिंगमा झुण्डिएको थियो । दिल्ली पुलिसको जोइन्ट सीपी राजेश खुरानाका अनुसार मृतकमा तीन बालबालिका पनि समावेश छन् ।

स्रोतका अनुसार पुलिसले पूरा घरलाई सिल गरेको छ । शवलाई पोष्टमार्टमका लागि पठाइएको छ । वृद्ध महिलाको परिवारमा उनका दुई छोरासमेत कूल ११ सदस्य थिए । दुई छोराको नाम ललित र भुपी भाटिया हो । वृद्ध महिलाका बुहारीको नाम टीना र सविता भाटिया बताइएको छ । मृत्यु हुनेमा महिलाका तीन नातिनी र अन्य दुई नाती पनि छन् । वृद्ध महिलाको छोरीको नाम बेबी बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप