बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रानु निरौलाको आवाजमा ‘पर्यटनमै भविष्य’ बजारमा (भिडियो)

शनिबार, १६ असार २०७५, १६ : ५०
शनिबार, १६ असार २०७५

काठमाडौं । गन्तव्य नेपाल ग्रुपले तेस्रो गीति एल्बम बजारमा ल्याएको छ । संगीतको माध्यमबाट मुलुकको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सदाबाहर गीति एल्बम ‘पर्यटनमै भविष्य’ बजारमा ल्याएको हो ।

जसमा नेपालको कला, संस्कृति, भेषभुषासहित अन्य पर्यटकीय सम्भावनाहरुको चर्चा गरिएको छ । सो गीतको माध्यमबाट पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ । साथै पर्यटन सम्बन्धि गाँउ–गाँउसम्म सचेतना जागृत गर्नका लागि पनि गीतले मद्दत गर्ने अपेक्षा लिइएको छ ।

गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी (अविरल)को शब्द रहेको गन्तव्य नेपाल नामक उक्त गीतमा रानु निरौला र राजनराज शिवाकोटीले स्वर दिएका छन् भने राजनराज शिवाकोटीले नै संगीत भरेका छन् ।

ग्रुपले यसअघि सन् २०११ मा पर्यटन वर्ष सफल बनाउन पनि ‘सफल पारौं पर्यटन वर्ष’ नामक बोलको गीत बजारमा ल्याएको छ । त्यसपछि ‘गन्तव्य नेपाल’ नामक दोस्रो गीति एल्बम बजारमा ल्याएको थियो । 

उक्त दुवै गीत पर्यटन बजारमा निकै रुचाईएको थियो । त्यसकारण तेस्रो गीत पनि निकै चर्चित बन्ने अपेक्षा लिएको ग्रुपले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप