शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रिलिज भएकै दिन ‘सञ्जु’ इन्टरनेटमा लिक

शनिबार, १६ असार २०७५, ०९ : ४३
शनिबार, १६ असार २०७५

एजेन्सी । सञ्जय दत्तको जीवनीमा आधारित ‘सञ्जु’ रिलिज भएकै दिन इन्टरनेटमा लिक भएको छ । 

केही सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले इन्टरनेटमा लिक भएको फिल्मको स्क्रिनसट पनि शेयर गरेका छन् ।

चलचित्र एचडी क्वालिटीमा नै लिक भएको बताइएको छ ।

चलचित्र लिक भएपछि यसको असर चलचित्रको कमाईमा पर्ने आशंका व्यक्त गरिएको छ । 

फिल्म लिक भएको खबर फैलिएपछि रणवीरका फ्यानहरुले दर्शकहरुलाई हलमा नै गएर चलचित्र हेर्न अपिल गरेका छन् ।

एक फ्यानले लेखेको छन्, ‘सेन्सर बोर्डलाई ट्वाइलेट लिक भएको सिनमा आपत्ति छ । तर, जब चलचित्र अनलाइन लिक हुन्छ, यो समस्याको समाधान छैन रु’

यस प्रकरणले रणवीर सलमानको फ्यानबीच सामाजिक सञ्जालमा विवाद देखिएको छ । रणवीरका फ्यानहरुको आरोप छ, यो हर्कतको पछाडि सलमानका फ्यानहरुको हात छ ।

यसअघि, रजनीकान्त अभिनित ‘काला’ पनि लिक भएको थियो ।

यता, सञ्जु भारतको ४ हजार स्क्रिनमा एकैपटक रिलिज भएको छ । विदेशमा यो १३ सय स्क्रिनमा रिलिज गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप