बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

के हो लिबोर ? : के नेपालमा तरलता अभावलाई विदेशी ऋणले धान्न सक्ला ?

शनिबार, १६ असार २०७५, ०७ : ५१
शनिबार, १६ असार २०७५

अर्थ व्यवस्थामा विकासदर, महँगी अथवा एक्सचेन्ज रेट जस्तै ब्याजदरको पनि उत्तिकै भूमिका हुन्छ । अन्तर्राष्ट्रिय बजारमा एक प्रचलित ब्याजदर हो लिबोर, जसले दुनियाँभरमा ब्याज दर तय गर्ने गर्छ । पछिल्लो केही समयदेखि यो विषयले नेपालमा पनि चर्चा पाइरहेको छ । 

नेपालमा तरलता अभावले बैङ्किङ क्षेत्रमा उछाल ल्याएको बेला राष्ट्र बैङ्कले तोकेअनुसारको पुँजीकोष कायम गर्न वाणिज्य बैङ्कहरूले विदेशबाट ऋण ल्याउन सक्ने प्रावधान छ । विदेशबाट ऋण ल्याउन केही वाणिज्य बैङ्कहरु कस्सिएका समाचार पनि आइरहेका छन् । विदेशबाट ल्याइने ऋणको भुक्तानी १ देखि ५ वर्षसम्मको हुन्छ । यसलाई नवीकरण गर्नको लागि राष्ट्र बैङ्कको स्वीकृति लिनुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा कारोबार गर्न प्रतिबन्ध नलगाइएको विदेशी बैङ्क तथा वित्तीय संस्थाबाट ऋण ल्याउन सकिन्छ । यसरी विदेशबाट ऋण ल्याउँदा ऋणको व्याजदर लन्डन इन्टरबैङ्क अफर्ड रेट (लिबोर) मा ३ प्रतिशत विन्दु हुनुपर्छ । विदेशबाट ल्याइएको ऋणलाई नेपालमा परिचालन गर्दा के कति व्याजदर तोक्ने हो, यसबारे कुनै पहल भएको भने पाइएको छैन । हाल लिबोर रेट २.१०३ प्रतिशत छ । तर नेपालका बैङ्कले भने विदेशी बैङ्कबाट ल्याइएको ऋणको ब्याजदर कति तोक्ने भन्ने अझै टुङ्गो लगाएका छैनन् । बैङ्कले ऋण ल्याउँदा विदेशी बैङ्क तथा वित्तीय संस्थामा कुनै जमानत वा बैङ्क ग्यारेन्टी र धितो राख्न नपाउने राष्ट्र बैङ्कले व्यवस्था गरेको छ । नेपालमा विदेशबाट ल्याइएको ऋणलाई कृषि, जलविद्युत, भौतिक पूर्वाधार, पर्यटन, प्रसारण लाइन जडानमा, सडक, पुल, सुरुङ मार्गलगायतको क्षेत्रमा कर्जा प्रवाहा गर्नुपर्ने प्रावधान रहेको छ । विदेशी ऋणलाई रियल स्टेटको क्षेत्रमा लगानी गर्न भने रोक लगाइएको छ ।

लन्डनको इन्टरबैङ्क, बैङ्क बजारको थोक बजार हो, जहाँ बैङ्कले एक अर्काबाट ऋण लिन्छन् । ब्याज दरमा बैङ्कले एकअर्कासँग ऋण लिन्छ, त्यसैलाई लिबोर भनिन्छ ।  लिबोरको मतलव हो लन्डन इन्टरबैङ्क अफर्ड रेट । लिबोर ब्याजदरका लागि बेन्चमार्कको काम गर्दछ । यसको दर यति महत्वपूर्ण छ, यसको अनुमान यो तथ्यबाट लगाउन सकिन्छ कि दुनियाँभरमा अलग अलग मुद्रामा करिब ३५० लाख करोड डलर मूल्यको फाइनान्सियल प्रोडक्टहरु जस्तोः कर्पोरेट ऋणदेखि क्रेडिट कार्ड, बन्धकीदेखि बचत खाता र ब्याज दरको विभिन्न रेट नै लिबोर हो । यसमा करिब २०० लाख करोड डलरको फाइनान्सियल प्रोडक्ट डलरमै हुन्छ । त्यसैले लिबोरमा सामान्य उतार चढावले पनि मनी मार्केटमा खर्बौंको नाफा नोक्सान हुन जान्छ । डलर दुनियाँको महत्वपूर्ण मुद्रा हो, त्यसैले डलर लिबोर सर्वाधिक प्रचलित ब्याजदर हो । 

केही समय पहिले रातोपाटीले सेन्चुरी कमर्सियल बैङ्कका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमसँग लिएको अन्र्तवार्तामा उनले विदेशी ऋण लिँदा जोखिम धेरै हुने हुँदा स्वदेशी पूँजीले धानेसम्म विदेशी ऋण लिन जरुरी नभएको बताएका थिए । डलरमा हुने उतार चढावले नेपाली मार्केटमा असर गर्ने हुँदा यो सजिलो नभएको उनको तर्क थियो । उनले डलरको भाउ कहिले घट्ने त कहिले बढ्ने हुँदा ब्याजदरमा पनि समस्या देखिने र यसको प्रत्यक्ष असर बैङ्कलाई पर्ने बताएका थिए । 
 

स्थायी सरकार र सङ्घीयताले बैङ्कलाई सुधार गर्नेछ : सेन्चुरी कमर्सियल बैङ्कका सिईओ तुलसीराम गौतमको अन्तरवार्ता

यसरी तय हुन्छ लिबोरः
लिबोर कसरी तय हुन्छ, यसको रोचक कथा छ । लन्डनको इन्टरबैङ्क बजारमा सार्वजनिक बिदाको दिनबाहेक कारोबारको दिन ११ बजेबाट ४ बजेसम्म बैङ्क, आईसीई बैंचमार्क एड्मिनिस्ट्रेसन अन्तर्गत आउँछ र यो तय गर्छ कि एकअर्कोसँग कुन ब्याजदरमा ऋण लिने हो तय गर्छ । यो बैङ्क विशेषतः ५ करेन्सी (डलर, युरो, पाउन्ड, येन र स्विस फ्रेङ्क) वा सात अवधि (ओभरनाइट, एक साता, एक महिना, दुई महिना, तीन महिना, छ महिना वा एक वर्ष)को लागि ऋण लिनको लागि अलग अलग ब्याजदर लेखेर दिने गर्छ । जस्तोः कुनै एक बैङ्कले डलर ऋण लिँदैछ भने कति समयका लागि ऋण लिने हो, त्यो तय गर्छ र उक्त समयको लागि कति ब्याजदर दिन ऊ तयार छ त्यो निश्चित गर्दछ । यसैगरी ऊ अन्य ४ करेन्सी ऋण लिनका लागि सातवटै समयको लागि अलग अलग ब्याजदरको प्रस्ताव गर्छ । जति बैङ्कले आफ्नो ब्याजदर बताउँछ त्यसमध्येको ४ उच्च तथा ४ न्यून दर अलग गरिदिन्छ । बाँकी बचेको दरको एक औसत निकाल्ने गर्छ । औसत ब्याजदर सार्वजनिक गरेपछि प्रत्येक करेन्सीको कुल ७ अवधिका लागि ७ अलग अलग ब्याजदर निस्किन्छ । यही प्रकिया सबै ५ वटै करेन्सीको लागि दोहोरिन्छ । यसैलै कुल ३५ अलग–अलग ब्याजदर निस्किन्छ । यसको सङ्ख्या ३५ भए पनि यसलाई लिबोर नै भनिन्छ । २०१४ भन्दा पहिला लिबोर निर्धारण गर्ने काम ब्रिटिस बैङ्कर्स एसोसिएसनको थियो । त्यो बेला १० अलग अलग करेन्सीका लागि १५ अलग अलग अवधिको लिबोर तय हुने गर्दथ्यो । ब्रिटिस बैङ्कर्स एसोसिएसनले १९८६ मा तीन करेन्सी (डलर, यन, र पाउन्ड)को साथ लिबोरको सुरुवात गरेको थियो । 

एजेन्सीहरुको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप