शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अब चित्रकार सृष्टि !

शनिबार, १६ असार २०७५, ०७ : ३३
शनिबार, १६ असार २०७५

काठमाडौं– अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले अभिनयमा आफू हरेक प्रकारको भूमिका रुचाउने बताएकी छन् । डेब्यु चलचित्र ‘गाजलु’मा कुमारीको भूमिका निर्वाह गरेकी सृष्टिले प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रोमियो एन्ड मुना’मा भने चित्रकार महिलाको भूमिका निर्वाह गरेको खुलाएकी छिन् ।

‘रोमियो एन्ड मुना’ प्रदर्शनपछि मेरो फिल्मी करियरमा परिवर्तन आउँने छ’, केही दिन अगाडि फिल्मको कार्यक्रममा उनले भनिन्– ‘फिल्मले आफूलाई वास्तविक रूपमै चित्रकार बनाएको छ ।’ फिल्ममा आफ्नो

डिप्रेसनमा परेकी महिलाको भूमिका रहेको सुनाउँदै उनले थपिन्– ‘विश्व प्रसिद्ध दिवङ्गत चित्रकार भ्यान गगको प्रशंसक हुँ म । त्यसैले फिल्मका लागि ६ महिना चित्रकलासमेत सिकँे ।’

सृष्टिलाई गाजलुपछि धेरैले अनमोल केसीको नायिका भनेर सम्बोधनसमेत गरेका थिए । ‘रोमियो एन्ड मुना’ रिलिज भएपछि दर्शकले आफूलाई विनयको नायिका भनेर सम्बोधन गर्ने उनको बताइन् ।

‘रोमियो एन्ड मुना’मा उनले विनय श्रेष्ठसँग जोडी बाँधेकी गरेकी छन् । अनमोल र विनयसँग अभिनय गर्दा उस्तै–उस्तै अनुभव भएको उनले बताइन् । भनिन्– ‘अनमोल र विनय दुवैको व्यवहार उस्तै उस्तै छ । मैले दुवैबाट राम्रो साथ र सहयोग पाएँ ।’

प्रदर्शनको मिति नजिकिँदै गर्दा निर्माण युनिटले पनि फिल्म प्रचारका लागि विनयसँगै सृष्टिलाई पनि अगाडि सार्दै आएको छ । ‘रोमियो एन्ड मुना’ प्रेमकथामा बनेको चलचित्र हो । ‘विनय र म प्रेमी प्रेमिकाका रूपमा देखिएका छौँ’ सृष्टिको भनाई रहेको थियो ।

अभिनेता सौगात मल्लसँगको प्रेमका कारण बेलाबेलामा चर्चामा छाउने सृष्टि केही पहिले सौगात अभिनित ‘लालपुर्जा’मा छोटो भूमिकामा देखिएकी थिइन् । तर चलचित्र अभिनयबाट भने उनले चर्चा पाउन सकिनन् । 
११ साउनबाट प्रदर्शनमा प्रसन्नमान गोपाली लगायतको निर्माण रहेको ‘रोमियो एन्ड मुना’मा सृष्टि र विनयको अलवा प्रज्ज्वल सुजल गिरी, सुष्मा कार्की र सुरक्षा पन्तले समेतको अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप