मल्टिप्लेक्समा लाग्यो ‘सञ्जु’
काठमाडौं – बलिउडको बहुप्रतिक्षित फिल्म ‘सञ्जु’ आजबाट मल्टिप्लेक्समा पनि प्रदर्शनमा आएको छ । वितरण अधिकार लिएका चौधरी ग्रुप र गोपिकृष्ण मुभिजले ‘विक डे’ लगायत हलवालाहरुले दर्शकमा दिएको सुविधा दिने सर्तमा तयार भएपछि मल्टिप्लेक्सले चलचित्र लगाउन तयार भएका हुन् ।
मल्टिप्लेक्स र चलचित्रका वितरक बीच आज कुरा मिलेपछि सञ्जु मल्टिप्लेक्समा पनि लाग्ने भएको नेपाल चलचित्र संघका दितिया उपाध्यक्ष मधुसुदन प्रधानले जानकारी दिए । शुक्रबार साँझबाट संञ्जु मल्टिप्लेक्समा लागेको हो ।
सञ्जय दत्तको बायोपिक फिल्म सञ्जु राजकुमार हिरानीले निर्देशन गरेका हुन् । रणवीर कपुर शीर्ष भूमिकामा देखिएको फिल्म ‘सञ्जु’मा सञ्जय दत्तकी पहिलो पे्रमिका टिना मुनिमको भूमिकामा अभिनेत्री सोनम कपूर छिन् भने बुबा सुनिल दत्तको भूमिकामा परेश रावल, आमा नरगसिको भूमिकामा मनिषा कोइराला र श्रीमती मान्यता दत्तको भूमिकामा अभिनेत्री दिया मिर्जाको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण