शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मल्टिप्लेक्समा लाग्यो ‘सञ्जु’

शुक्रबार, १५ असार २०७५, १९ : २२
शुक्रबार, १५ असार २०७५

काठमाडौं – बलिउडको बहुप्रतिक्षित फिल्म ‘सञ्जु’ आजबाट मल्टिप्लेक्समा पनि प्रदर्शनमा आएको छ । वितरण अधिकार लिएका चौधरी ग्रुप र गोपिकृष्ण मुभिजले ‘विक डे’ लगायत हलवालाहरुले दर्शकमा दिएको सुविधा दिने सर्तमा तयार भएपछि मल्टिप्लेक्सले चलचित्र लगाउन तयार भएका हुन् । 

मल्टिप्लेक्स र चलचित्रका वितरक बीच आज कुरा मिलेपछि सञ्जु मल्टिप्लेक्समा पनि लाग्ने भएको नेपाल चलचित्र संघका दितिया उपाध्यक्ष मधुसुदन प्रधानले जानकारी दिए । शुक्रबार साँझबाट संञ्जु मल्टिप्लेक्समा लागेको हो । 

सञ्जय दत्तको बायोपिक फिल्म सञ्जु राजकुमार हिरानीले निर्देशन गरेका हुन् । रणवीर कपुर शीर्ष भूमिकामा देखिएको फिल्म ‘सञ्जु’मा सञ्जय दत्तकी पहिलो पे्रमिका टिना मुनिमको भूमिकामा अभिनेत्री सोनम कपूर छिन् भने बुबा सुनिल दत्तको भूमिकामा परेश रावल, आमा नरगसिको भूमिकामा मनिषा कोइराला र श्रीमती मान्यता दत्तको भूमिकामा अभिनेत्री दिया मिर्जाको अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप