शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिग मुभिजको टिकट खल्ती एप्सबाट लिन सकिने

शुक्रबार, १५ असार २०७५, १८ : ५८
शुक्रबार, १५ असार २०७५

काठमाडौं– दर्शकलाई फिल्मको टिकट किन्न सजिलो र सुरक्षित होस् भनेर खल्तीले मोबाइलबाटै टिकट किन्ने व्यवस्था गरेको छ । खल्तीले बिगमुभिजसँग मोबाइलबाटै फिल्म टिकट किन्न मिल्ने सेवाका लागि रणनीतिक साझेदारी गरेको हो ।

 खल्तीका डाइरेक्टर अमित अग्रवाल र सिनेस्टार प्रा.लि.का सीईओ भरत अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् । सम्झौता अनुसार अब ‘बिग मुभिज डटकम डट एनपी’ मा गएर फिल्मको टिकट बुकिङ गरेपछि ग्राहकले सजिलै आफ्नो खल्ती आईडीमार्फत उक्त टिकटको पैसा तिर्न सक्नेछन् ।

‘फिल्म हेर्न जानेहरुले नगदविना नै फिल्म टिकटको पैसा भुक्तानी गर्न सक्नेछन्’ ‘खल्ती’का डाइरेक्टर अग्रवालले भने ‘यसले फिल्म हेर्न जाने दर्शकलाई टिकटिङ र पेमेन्ट प्रक्रिया झन्झट मुक्त र निकै सहज बनाउने छ ।’ दर्शकले जहिले पनि र जहाँबाट पनि आफ्ना र परिवारका लागि टिकट बुकिङ गर्न यो सेवा चलाउन सक्ने उनले खुलाए । 

सेवा उद्योगको हैसियतले ग्राहकहरुलाई शत प्रतिशत सन्तुष्टी दिने सदैव आफ्नो प्रयास हुने सनेस्टार प्रालिका सीइओ भरत अग्रवालले बताए । ‘हाम्रा सेवाहरु झनै स्तरीय बनाउनका लागि हामीले खल्तीसँगको यो सहकार्य सुरुवात गरेका हौँ’ उनले भने ‘अब ग्राहकहरुले अनलाईनबाट सजिलै फिल्म टिकटको पैसा भुक्तानी गरी समय र पैसाको सदुप्रयोग गर्न सक्नु हुनेछ ।’

छिमेकी देशहरू भारत, चीन र बंगलादेशको तुलनामा नेपाल मोबाइल भुक्तानीको प्रयोगमा धेरै पछाडि रहेको उल्लेख गर्दै उनले यो सेवाले दर्शकमा सुबिधा थपिएको सुनाए । अभियानले अहिलेसम्म मोबाइलबाट भुक्तानी गर्ने बानीको सुरुवात नगरेका व्यक्तिहरुका लागि बानी परिवर्तन गर्न र खल्तीको सजिलो मोबाइल भुक्तानीको मज्जा लिन प्रोत्साहित गर्ने अग्रवालको भनाई रहेको छ । 

काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिज दर्शकहरुको रोजाइमा रहेको सुविधा सम्पन्न मल्टिप्लेक्स हल हो । बिग मुभिजमा कूल ८ सय ७० सिट क्षमताका तीनवटा थिएटर छन् । क्लियर पिक्चर, गुणात्मक साउण्ड सिष्टम, आरामदायी कुर्ची, गुणस्तरका साथै उत्कृष्ट सेवामार्फत रोमाञ्चक अनुभूति दिलाउने बिग मुभिजको विशेषता हो ।

सन् २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवेका् रुपमा चिनिएको छ । खल्तीएप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप