शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्ध एयरको आजदेखि काठमाडौ —वाराणसी उडान सुरु, मुख्यमन्त्री आदित्यनाथले स्वागत गर्ने

शुक्रबार, १५ असार २०७५, १५ : ३४
शुक्रबार, १५ असार २०७५

काठमाडौँ । बुद्ध एयरले आज देखि काठमाडौंबाट भारतको वाराणसी उडान शुरु गरेको छ । शुक्रबार अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दे हप्ताको २ पटक सेवा सुरु गर्न लागेको कम्पनीले जनाएको छ । 

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उडानको उद्घाटन गर्दे बुद्ध एयरको नयाँ उडानले नेपाल—भारतबीच अझ पर्यटनको विकासमा टेवा पुग्ने बताए ।

बुद्ध एयरको काठमाडौँ—वाराणसी उडानले नेपालको पर्यटकीय क्षेत्रमा निकै महत्व राख्ने र उत्तर प्रदेश नेपालबीचको पर्यटकीय क्षेत्रलाई सहयोग पुग्ने बताएका छन् । 

नेपाल भारतको धार्मिक पर्यटनको लागि निकै नजिकको छिमेकी राष्ट्र भएको कारण काठमाडौँ—वाराणसी उडान भर्नु नेपालको लागि खुशीको कुरा भएको मन्त्री अधिकारीको भनाई छ ।  

यस्तै पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले नेपालगञ्ज, जनकपुर र विराटनगरबाट पश्चिमी विभिन्न देशहरुमा उडान भर्ने कामको तयारी भइरहेको भन्दै विराटनगरमा भने संरचना निर्माणको काम भइरहेको पनि जानकारी दिए । 

बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान भर्नु देशको लागि खुशीको कुरा भएको भन्दै मन्त्री अधिकारीले विमान उडानले देशको विकास र सम्बृद्धीको लागि नयाँ ठाँउमा सेवा सुरु गर्नु निकै महत्वपूर्ण भएको बताए ।  

देश विकासको लागि नेपाल सरकार र भारतको सबै राज्यले सहकार्य गर्न सकेको खण्डमा निकै राम्रो हुने कुरा पनि धारणा ब्यक्त गरे ।

यस्तै बुद्ध एयरको प्रमुख बीरेन्द्र बहादुर बस्नेतले नेपालको पशुपति, मुक्तिनाथ, जनकपुरको जानकी मन्दिर लगायत धेरै पर्यटकीय क्षेत्रले आकर्षण गर्ने भएर नयाँ ठाउँमा उडान सुरु गरिएको जनाए ।

मध्यवर्खाको समयमा कति यात्रु आउने जाने गर्छन् भन्ने कुराको जानकारी लिनको लागि पनि यो समयमा उडान भरिएको बस्नेतको भनाई छ ।  

काठमाडौँ—वाराणसी यो उडानलाई भारतको उत्तरप्रदेशको सरकारले निकै महत्वका साथ हेरेको कारण उडानमा सहज हुने जनाएको छ । 

आज नेपालबाट २ः४५ मा गएको पहिलो बुद्ध एयरको उडानलाई भारतको उत्तरप्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथ, पर्यटनमन्त्री लगायतको टोलिले स्वागत गर्ने कार्यक्रम रहेको छ । 

महाकुम्भ मेला पनि हुने भएको कारण उडानले नेपाल र भारतको उत्तर प्रदेशलाई सहजै जोड्ने नेपालले आशा रहेको छ । 

४५ जनाको जहाँजको सिटमा आज ४० जना आज भारत गएका छन् । उडान स्थापित भएको खण्डमा ७० सिट पनि संचालन गरिने छ । प्रत्येक शुक्रबार र सोमबार काठमाडौ —वाराणसी उडान हुने बुद्ध एयरको प्रमुख बिरेन्द्र बहादुर बस्नेतले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप