शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बौद्ध जोरपाटीको हिलाम्मे सडकमा असार १५ को रौनकः कविता वाचन गर्दै यसरी धान रोपे कविले (भिडियो)

शुक्रबार, १५ असार २०७५, १५ : ३३
शुक्रबार, १५ असार २०७५

काठमाडौं–असार १५ मा देशका विभिन्न भागमा खेत–खेतमा धान रोपाई भईरहेका बेला काठमाडौंमा भने कविहरुले कविता बाचन गर्दै हिलाम्मे सडकमा धान रोपाई गरेका छन् । काठमाडौंको जोरपाटीमा शुक्रबार कविहरुले सडक कविता बाचन कार्यक्रम आयोजना गरी प्रतिकात्मक रुपमा सरकारको विरोध गर्दै सडकमा धान रोपाई गरेका हुन् ।

 जोरपाटीमा रहेको साहित्यिक संस्था अभिनव साहित्य समाजलगायत अन्य ५ वटा संस्था मिलेर सडकमा धान रोपाई तथा सडक कविता वाचन कार्यक्रम गरिएको संस्थाका अध्यक्ष वेदमणि घिमिरेले जानकारी दिए । काठमाडौंको बौद्धदेखि जोरपाटी हुँदै साँखुसम्म सडक विस्तार गर्ने नाममा सडकलाई बेहाल बनाएको भन्दै त्यसको बिरोधस्वरुप प्रतिकात्मक रुपमा धान रोप्ने र कविता बाचन गर्ने कार्यक्रम गरिएको घिमिरेले बताए । 
कार्यक्रममा सहभागी ५० भन्दा बढी कविहरुले सडकको हिलो, धुलो, धुँवा, जाम सडकमा नराम्रा पक्षको बारेमा कविता वाचन गरेका थिए । उनीहरुलाई अघिपछिको जस्तो सृङ्गारिक, राजनीतिक लगायतका विषयमा कविता वाचन गर्न दिइएको थिएन । 

अभिनव साहित्य समाजका अध्यक्ष घिमिरेले बौद्धदेखि साँखुसम्मको सडक झन् झन् बेहाल हुँदा पनि सरकार र ठेकेदारको ध्यान नगएको गुनासो गरे । अहिले जनता र सरकार दुबैलाई झक्झकाउने बेला आएको बताउँदै उनले यो कार्यक्रमलाई निरन्तरता दिने बताए । 

सडक कविता कार्यक्रममा कविहरु शैलेन्द्र श्रेष्ठ, मानन्धर अभागी, पुष्पा धमला, रुद्र अधिकारी, मेनका आर्चाय, घनश्याम प्रसाई लगायतका कविहरुले कविता वाचन गरेका थिए ।  चुच्चेपाटीमा रहेको होटल ह्यायत देखि साँखुसम्मको सडक हिलाम्मले र जलमग्न अवस्थामा रहेको छ । ठेकेदारले समयमा काम नगर्दा त्यस क्षेत्रमा यात्रीहरुले सास्ती पाइरहेका छन् । 
हेर्नुहोस भिडियो:  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप