गुल्मीमा एकैदिन ३ वटा बेवारिसे शव भेटियो
शुक्रबार, १५ असार २०७५, १५ : २५

गुल्मी– गुल्मीमा एकैदिन ३ वटा बेवारिसे शव फेला परेको छ । शुक्रबार जिल्लाका विभिन्न स्थानमा २ महिलासहित ३ जनाको शव फेला परेको हो ।
जिल्लाको मुसिकोट नगरपालिका ८ वामी काँडेबासमा अन्दाजी ५० वर्षीय महिलाको शव फेला परेको छ भने कालिगण्डकी गाउँपालिका ४ स्थित कालिगण्डकी नदी किनारमा टाउको छिनेको अवस्थामा अर्की एक महिलाको शव फेला परेको छ ।
त्यस्तै चन्द्रकोट गाउँपालिका शान्तिपुर बजारमा ४७ वर्षीय विष्णु पौडेलको शव बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
अहिले ३ वटै शवको जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टम भैरहेको जिल्ला प्रहरी कार्यालय तम्घासले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा तीन खेल, सबैको नतिजा १-०
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु