मुक्तिनाथ विकास बैंक र जनप्रिय बहुमुखि क्याम्पसबीच सम्झौता
शुक्रबार, १५ असार २०७५, १४ : २८
काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.र जनप्रिय बहुमुखी क्याम्पस पोखरा विचमा मानव संसाधन व्यवस्थापन गर्ने गरी एक आपसमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने क्रममा जनप्रिय बहुमुखी क्याम्पसवाट विविए/विविएस/एमविए र एमविएसमा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने ५ जना विद्यार्थीहरुलाई क्षमता र दक्षताका आधारमा आवश्यक प्रकृया पुरा गरी कर्मचारीको रुपमा नियुक्त गर्ने निर्णय भएको छ ।
जसवाट शैक्षिक वेरोजगारीको उचित र सहि व्यवस्थापन गर्न सकिनेमा दुवै पक्ष विश्वस्त रहेका छन् ।
उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट क्षेत्रीय प्रवन्धक बावुराम ढकाल र जनप्रिय बहुमुखि क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख विरन्जी गौतमवाट हस्ताक्षर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन: डा. आरजु राणा
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही
-
विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला
-
युक्रेनलाई थप राहत प्याकेज दिँदै अमेरिका
-
पोखरीमा डुबेर बालिकाको मृत्यु