बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि जीवन लुइँटेलसँग स्क्रिन सेयर गर्न रहर छ, तर त्यो पूरा नहोला जस्तो छः अभिनेत्री ऋचा सिंह ठकुरीलाई १० प्रश्न

शुक्रबार, १५ असार २०७५, १३ : ४२
शुक्रबार, १५ असार २०७५

घरजम गरेपछि अभिनयबाट आफूलाई टाढा राख्ने अभिनेत्रीको नाम लिनुपर्दा ऋचा सिंह ठकुरी पनि पर्दछिन् । दर्शकमा राम्रो क्रेज हुँदाहुँदै पनि विवाह गरेर एकाएक हराएकी ऋचा ‘यो पागल मन’ चलचित्रमार्फत अभिनयमा कमब्याक गर्दैछिन् । असार २९ बाट प्रदर्शनमा आउने यो चलचित्रमा उनको भूमिका अभिनेता विनोद न्यौपानेको अपोजिट रहेको छ । कल्याण अधिकारीको निर्माण, निर्देशन रहेको चलचित्रले आफ्नो पुनरागमन राम्रो हुने ऋचाले बताइन् । ‘यो पागल मन’मा विनोद र ऋचाको अलवा एनी कुँवर, गौरी मल्ल, राजेश ढुङ्गानालगायतका कलाकारको मुख्य भूमिका छ । लभ स्टोरीमा तयार भएको चलचित्रमा उनी भने लब्ली गर्लको भूमिकामा छिन् । खुड्किलो चलचित्र प्रदर्शनपछि अभिनयबाट टाढा रहेकी ऋचाले ‘नाइँ न भन्नु ल’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । त्यसपछि उनका ‘मन पराएर माया लाएँ’, ‘म तिम्रो भैसकेँ’, ‘मन मनै मन पराएँ’लगायत चलचित्र आए । करिब डेढ दर्जनभन्दा बढी म्युजिक भिडियोमा समेत अभिनय गरेकी ऋचा सिंह ठकुरीसँग रातोपाटीका दश प्रश्न । 

विवाहपछि हराउनु भएको थियो । अहिले फेरि फर्किनु भएको छ, किन ?
जीवनमा कहिलेकाहीँ रमाइलो पनि गर्नुपर्छ । सधैँ काम काम भनेर हँुदैन भन्ने लाग्यो । त्यही भएर केही समय हराएकी थिएँ । यो समय आफ्नो स्वस्थ्यले पनि साथ दिएन । अभिनयमा फेरि फर्कनुको कारण दर्शकको माया हो । 

‘यो पागल मन’मार्फत अभिनयमा कमब्याक हुनु हुँदैछ । अहिले पनि दर्शकको साथ रहला त ?
पहिले त राम्रो साथ दिनु भएकै हो । अहिले पनि धेरै दर्शकको म अभिनयमा फर्किएको हेर्ने चाहना पाएकी छु । त्यसैले पहिलेझैँ माया र साथ रहन्छ भन्ने विश्वास चाहिँ छ ।

सौन्दर्यतिर रुचि छ ?
 मेकअपमा खासै ध्यान नदिने केटीमध्ये म पनि एक हुँ । चलचित्र अभिनय र कुनै विशेष समारोहमा सहभागी हुने बेलाबाहेक अन्य समय मेक गर्न मन पर्दैन । मेकअपको साधनमा लिपस्टिक, परफ्युम र सनक्रिम मनपर्छ ।

फिट्नेस गर्नुहुन्छ होला ?
आफूलाई फिट राख्न कसलाई मन पर्दैन र ? फिट्नेस त गर्ने गरेकी थिएँ तर केही महिनायता स्वस्थ्यमा समस्या देखिएका कारण फिट्नेसतिर ध्यान दिन पाएकी छैन ।

मनपर्ने फेसन ?
क्याजुअल धेरै मनपर्छ । त्यसको अलवा आफू कुन ठाउँमा जाने हो, त्यो अनुसारको पहिरन रोज्ने गरेकी छु । मनपर्ने फेसन भनेको वान पिस हो । वान पिसमा म कम्फर्टेबल फिल गर्छु ।

सपना केही छ कि ?
सपना भनाँै कि रहर । अब फेरि अभिनेता जीवन लुइँटेलसँग चलचित्रमा स्क्रिन सेयर गर्न मन लागेको छ । जीवन फिल्म क्षेत्रमा नभएकाले अब यो सम्भव छैन होला ।

फुर्सदको समय ?
चलचित्र हेर्न मनपर्छ । म धेरै चलचित्र हेरिरहेकी हुन्छु । नेपाली चलचित्र प्रायः हलमै गएर हेर्ने बानी छ । हिन्दी चलचित्र युट्युबमा हेर्छु ।

मनपर्ने गीत सङ्गीत ?
मेलोडी गीत सङ्गीत नै धेरै मनपर्छ । गायक गायिकामा रजिना रिमाल र सुगम पोखरेले मन पर्छ ।

सवारी साधन नि ?
स्कुटी छिटो, छरितो भएकाले सजिलो लाग्छ ।

पहिलो प्रेमको अफर ?
स्कुल पढ्दा आएको थियो । म त्यस्तै १३, १४ वर्षकी थिएँ होला । अहिले त ती व्यक्तिको नाम पनि याद छैन । आफ्नो स्कुलका केटाहरूको साथी थियो ऊ । सँगै पढ्नेले त आँट गर्न सक्दैनथे । किनभने यस्तो क्रियाकलापले स्कुलबाट रेस्टिकेट हुने डर हुन्थ्यो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप