शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुर पुगेर धान रोपाइँ गरे देउवाले

शुक्रबार, १५ असार २०७५, १३ : ००
शुक्रबार, १५ असार २०७५

काठमाडौँ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय धान दिवसको अवसरमा भक्तपुर पुगेर रोपाइँमा सहभागी भएका छन् ।

नेपाल किसान संघ जिल्ला कार्यसमिति भक्तपुरले चाँगुनारायण नगरपालिका ७ स्थित भद्रकालीमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा नेपाली काँग्रेसका सभापति देउवा सहभागी भएका हुन् ।

देउवाले सो अवसरमा धान रोपाइँ समेत गरेका थिए ।

सो अवसरमा बोल्दै सभापति देउवाले सबै मिलेर पार्टीलाई अगाडी बढाउनु पर्ने बताए । सबै एक भएमा अगामी दिनमा पार्टी पुन मुुलुक एक नम्बर पार्टी हुने भन्दै देउवाले गल्ती कमीकमजोरीलाई सुर्धादै अगाडी बढ्न आग्रह गरे । 

कार्यक्रममा केन्द्रिय सदस्य डिना संगौला, काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा र नगरसभापति यादव अधिकारीले मुलुकमा क्युनिष्टहरुको अराजकता बढेको अरोप लगाएका थिए । 

‘धान उत्पादनमा बृद्धिः राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप