शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सेरेना विलियम्सको खुलासाः ‘गर्भवती हुँदासमेत महिनावारी हुन्थ्यो’

शुक्रबार, १५ असार २०७५, १२ : २७
शुक्रबार, १५ असार २०७५

टेनिस स्टार सेरेना विलियम्सले आफू गर्भवती हुँदासमेत महिनावारी हुने गरेको खुलासा गरेकी छिन् । उनको यो असम्भव झैं लाग्ने दाबीले उनका प्रशंसक विशेषगरी महिलालाई चकित तुल्याएको छ । तर स्त्रीरोग विशेषज्ञका अनुसार सेरेनाले गर्भावस्थामा जसलाई उनले महिनावारी सम्झिएकी थिइन् त्यो वास्तवमा एक प्रकारको रक्तश्राव थियो ।

डाक्टरका अनुसार सेरेनाजस्तै गर्भावस्थामा थुप्रै महिलालाई यस्तो रक्तश्राव हुनसक्छ । यसलाई इम्प्लान्टेशन ब्लिडिङ भनिन्छ । जब भ्रुण स्थापित हुने क्रममा शरिरमा परिवर्तन आउँछ तब हल्का रक्तश्राव हुन्छ जसलाई महिला महिनावारी ठान्छन् ।

सेरेना विलियम्समाथि अनुसन्धान गर्ने स्त्रीरोग विशेषज्ञ डा. एलिसा ड्वेक, डा. लोरेन स्ट्रिचर र डा. अपर्ण श्रीधरका अनुसार १४ हप्ताको गर्भावस्थाअघि २० देखि ४० प्रतिशत महिलालाई यस्तो समस्या हुन्छ । जब महिला गर्भवती हुन्छन् तब फर्टिलाइजेशनपछि भ्रुण गर्भाशयतर्फ बढ्छ र यतिबेला केही गडबडी हुन्छ जसलाई इम्प्लान्टेशन ब्लिडिङ भनिन्छ ।

डाक्टरले बताए खतराः

यदि गर्भावस्थाका क्रममा रक्तश्राव भए तुरुन्त उपचार गर्नुपर्ने यी डाक्टरको सल्लाह छ । हल्का रक्तश्राव चिन्ताको विषय होइन तर यदि धेरै भए यसले कुनै संक्रमण वा गर्भपतनतर्फ इशारा गर्छ । डाक्टरका अनुसार खेलसँग सम्बन्धित महिलालाई यो समस्या धेरै हुने सम्भावना छ किनभने उनीहरु धेरै भागदौड र व्यायाम गर्छन् त्यसकारण उनीहरुको हर्मोनमा अत्यधिक परिवर्तन हुने गर्छ ।

गर्भवती भएको थाहा पाउँदा सेरेना चकितः

सेरेना विलियम्सले गत वर्ष सेप्टेम्बरमा छोरीलाई जन्म दिएकी थिइन् । यसअघि अष्ट्रेलियन ओपनको क्रममा उनको एउटा परिक्षण भएको थियो जसमा उनी गर्भवती भएको सार्वजनिक भएको थियो । सेरेना आफू गर्भवती भएको खबर पाउँदा चकित थिइन् किनभने केही दिन अघिमात्र उनको महिनावारी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप