मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

पहाडै प्वाल पारेर पानी ल्याउँदा किन प्वाल पारेको भनेर प्रश्न गर्ने ? : प्रधानमन्त्री ओली

शुक्रबार, १५ असार २०७५, १२ : १६
शुक्रबार, १५ असार २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र खतरामा छ भन्ने भ्रम नदेखाउन प्रमुख प्रतिपक्षी दललाई आग्रह गरेका छन् । शुक्रबार आर्थिक बर्षको विनियोजन विधेयकमाथि संसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा नपरेको भन्दै लोकतन्त्र गए के आउँछ भनेर प्रश्न गरेका हुन् । 

उनले जवाफ दिने क्रममा बजारमा अधिनायकबाद आउँछ भनेर कांग्रेसले हाउगुजी चलाएकोप्रति आपत्ति जनाउदै भने लोकतन्त्रलाई प्रभावकारी र सुदृढ बनाउन लागिरहेको दावी गरे । उनले उखानटुक्का मिसाउदै भन,े ‘अधिनायकबाद चैनेक्यारे माने भयो अहिले ।’ उनले लोकतन्त्रका लागि सबैले लडेको र प्रतिबद्धता भएको भन्दै उनले भने ‘कसैले किस्तिमा सजाएर ल्याएर दिएको लोकतन्त्रको होइन र उपभोग गरेको पनि हैन । हाम्रा शरीरमा ५० बर्षदेखिका घाउ अझै छँदैछन् भोगाइ र पीडा छन् । हामीभन्दा अग्रजका कुरा गरेको छैन हाम्रै कुरा हो ।’ 

उनले आज देशलाई आशावादीता चाहिएको भन्दै लोकतन्त्रलाई सुदृढ र व्यवस्थित गरेरै छाड्ने पनि बताए । ‘लोकतन्त्र जान्छ भने आउँछ के कहाँबाट ? जनताको जागरण एकता, सचेतनाबाट आएको लोकतन्त्र हटाउने कुन तागत छ ?,’ प्रधानमन्त्री ओलीको प्रश्न छ ।  

केटाकेटीलाई हाउगुजी देखाएजस्तो आशंका भ्रम फैलाउने कुरा देशका लागि हितकार नभएको भन्दै उनले तिव्रताका साथमा चौतर्फी रुपमा एकैसाथ गर्नुपर्ने बताए । उनले विदेशीको पैसाले पहाड प्वाल पारेर पानी ल्याउँदा किन प्वाल पारेको भनेर प्रश्न गर्न नमिल्ने बताए । उनले बाह्यपुँजी भन्दा आफ्नै श्रोतको सुरक्षा गर्दै विदेशी लगानीको सहयोगमार्फत विकासमा अघि बढ्नुपर्ने बताए । 

उनले ३६ सालको स्मरण गदै भने, ‘३६ सालतिर चुप लाग चुप लाग जनमतसंग्रह भाडिन्छ भन्ने थियो अहिले त्यस्तै भएजस्तो लाग्छ ।’ 

प्रधानमन्त्रीले महङ्गा गाडी चढेको भनेर आएको प्रश्नप्रति व्याङ्ग्य गर्दै उनले भने, ‘कास्कीकोट र गोरखाका राजा गाडी चढ्दैनथे । त्यतिबेला गाडी नै हुँदैनथिए उनीहरलाई घोडा चड्नै मुस्किल थियो कहाँबाट गाडी चढ्नु ?’

उनले नयाँ व्यवस्थाको प्रयोगमा रहेकाले केही समस्या भएपनि पूरै निराशाको अवस्था नरहेको दावी गरे । 

उनले प्रश्नकर्ता माननीयहरुलाई आग्रह गर्दै भने ‘मानीयहरु ढुक्क हुनुस् आजको लाकेतन्त्र हामीले ल्याएका हौँ, हामी प्रतिबन्धीत अवस्थाबाट लोकतन्त्रमा आएका हौँ, अनुकुलताबाट होइन । रक क्लाइम्बिङबाट आएका हौँ अनि आफैमाथि आशंका किन ?’

योजना आयोगका काम प्रभावकारी नदेखिएकाले प्रभावकारी योजना आयोग गठन गरेको हो मैले ज–जे प्रभावकारी हुँदैन त्यसलाई पुनगर्ठन गर्नु लोकतन्त्रको अभ्यासन हो । उनले बजेट खेलाउने हैन देश बनाउने भन्दै भूकम्पपछिको पुननिर्माण, सडक, विजुली बाढी पहिरो लगायतमा सरकार सजग रहेको बताए । 

‘एकै घरका परिवारका त फरकफरक माग हुन्छन् भने यो त देश हो । फरकफरक माग हुनु स्वभाविक हो । सोचाई फरक भएपनि चिन्ता सबैको मिलेको छ । यसमा केन्द्रीत भएर सरकार विकास निर्माणमा लाग्ने छ,’ प्रधानमन्त्री ओलीले थपे,‘ एक बृद्धले आफ्ना दुइवटी छोरी विहे गरेर दिएछन् । एउटीले भन्छे पानी, अर्की माग्छे घाम : म बुढो कता जाम ?’

अव गरिबीका गीत गाउनु पर्ने अवस्था नआउने भन्दै उनले अब गरिवी दन्त्यकथा हुने भन्दै त्यसमा दृढ संकल्प रहेको बताए । 

संविधान संसोधन हुन सक्छ
प्रधानमन्त्री ओलीले समयको माग जनताको चाहनाका आधारमा संविधान संसोधन हुन सक्ने स्पष्ट पारेका छन् । उनले कहिल्यै संसोधन नहुने गरी संविधान बनाएको हो र ? भन्ने प्रश्न गर्दै जनताको चाहना विकासको आवश्यकता अनुसार संविधान संसोधन हुने उल्लेख गरे । उनले भने–‘संविधान कार्यान्वयन गर्नका लागि विगतमा निर्वाचन भयो, अहिले प्रदेशमा सरकारहरु चलेका छन् । ७ सय ५३ वटा स्थानीय तह, ७ प्रदेशमा सरकार चलेको छ, बजेट बनाएका छन्, विकास कसरी चलाँउने भनेर लागेका छन् । यता संघका दुबै सदनहरु देशलाई राम्रोतिर लाने काममा छलफलमा लागेका छन् । यसलाई नराम्रो मानेर हुन्छ ?’ एउटै परिवारमा पनि फरक फरक रुचि हुने भन्दै देशमा यस्ता बिषयहरु हुने बताए ।

उनले भ्रष्ट्रचार नियन्न्त्रण हुनुपर्छ, सशासन हुनुपर्छ भन्ने कुरा अनुसार नै सरकार लागेको  उल्लेख गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप