बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नोबेल शान्ति पुरस्कार बिजेता लियू शियाओबोको निधन, आठ वर्षदेखि जेलमा थिए

शुक्रबार, ३० असार २०७४, १४ : ४२
शुक्रबार, ३० असार २०७४

नोबेल शान्ति पुरस्कार बिजेता र चीनका मानवअधिकारवादी नेता लियू शियाओबोको बिहिबार निधन भएको छ । ६१ वर्षका उनी लामो समयदेखि कलेजोको क्यान्सरबाट पीडित थिए । पछिल्लो आठ वर्षदेखि शियाओबोलाई क्यान्सर उपचारका लागि पछिल्लो महिना जेलबाट अस्पताल सिफ्ट गरिएको थियो । शियाओबो चीनमा निकै लामो समयदेखि लोकतन्त्रको समर्थनमा आवाज उठाइरहेका थिए । नोबेल कमिटीले शियाओबोको मृत्युका लागि चीनियाँ सरकारलाई जिम्मेवार देखाएको छ ।

विश्वविद्यालय प्राध्यापकबाट मानवअधिकार आन्दोलनका गुरु बनेका शियाओबोलाई चीनियाँ अधिकारीले अपराधी र देशद्रोही बताएका थिए । चीनमा तानाशाही सरकारविरद्ध आवाज उठाएका कारण शियाओबोलाई थुप्रै पटक जेल सजायँ भोग्नुपर्यो । यतिमात्र होइन, जेलमुक्त भइसकेपछि पनि उनलाई विभिन्न प्रकारको प्रतिबन्ध लगाइन्थ्यो । उनकी श्रीमतीलाई समेत नजरबन्द गरिएको थियो । पछिल्ला दिनमा अन्य देशले शियाओबोलाई उपचारका लागि अन्य मुलुक जाने अनुमती चीनले दिनुपर्ने दबाब दिँदै आएका थिए ।

केही समय अघि जर्मन र अमेरिकी डाक्टरले उनलाई उपचारका लागि अन्य मुलुक लैजाने स्थिती भएको बताएपनि चीनका डाक्टरले उनको अवस्था निकै गम्भीर भएको र उनका अंगहरुले पनि काम गर्न बन्द गरेको भन्दै अन्य मुलुक लान नसकिने बताउँदै आएका थिए ।

संसारका थुप्रै मानवअधिकार संगठनले शियाओबोको स्वास्थ्यबारे वास्तविक जानकारी प्रदान नगरेकोमा खेद प्रकट गरेका थिए ।

शेनयांगको पूवोत्तर शहरमा चाइना मेडिकल यूनिभर्सिटीका डाक्टरलाई उद्धृत गर्दै फर्स्ट हस्पिटलका अनुसार शियाओबोलाई जीवित राख्नका लागि उनलाई भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ तर उनका परिवारले यो मान्न तयार भएनन् । स्मरण रहोस् उनले सन् २००९ मा ११ वर्षको जेल सजायँ पाएका थिए । उनले ८ वर्ष जेल जीवन बिताइसकेका थिए ।

नोबेल पुरस्कार लिन ओस्लो जान पाएका थिएनन्ः

शियाओबोलाई सन् २०१० मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो तर सरकारको प्रतिबन्धका कारण उनी पुरस्कार ग्रहण गर्न ओस्लो जान पाएका थिएनन् । नोबेल कमिटीले उनको सम्मानमा उनको कुर्सी खाली राखेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप