चौधरी ग्रुप वितरणमा छिरेपछि मल्टिप्लेक्स हलमा सञ्जुमाथि अवरोध
काठमाडौं – बलिउडको बहुप्रतिक्षित फिल्म ‘सञ्जु’ भोली शुक्रबारदेखि विश्वका धेरै मुलुकमा रिलिज हुँदैछ । नेपालका पनि अधिकांश चलचित्र भवनमा रिलिज हुने बताइएको यो फिल्म मल्टिप्लेक्स चलचित्र भवन क्युएफक्स, बिग र एफक्युवमा नलाग्ने भएको छ ।
‘सञ्जु’को नेपाल वितरण अधिकार लिएका चौधरी ग्रुप र गोपिकृष्ण मुभिजले ‘विक डे’ शीर्षकमा दर्शकले टिकटमा पाउदै आएको सहुलियत कटौती गर्न खोजेपछि मल्टिप्लेक्सले फिल्म नलगाउने निर्णय गरेको चलचित्र संघका द्धितिया उपाध्यक्ष मधुसुदन प्रधानले बताए ।
‘चौधरी ग्रुपले विभिन्न माग राख्दै हलवालालाई पेल्न खोज्यो’ प्रधानले भने ‘हलवालाले ‘सञ्जु’ नचलाउने भन्दै चलचित्र संघमा निवेदन दिएका छन् ।’ प्रधानले थपे ‘संघले दुबै पक्षलाई बोलाएर बिवाद मिलाउने प्रयास गरेको थियो । तर चौधरी ग्रुपका प्रतिनिधि आएनन् ।’ ‘रेश ३’बाट बितरण सुरु गरेको चौधरी ग्रुपले यो फिल्मको प्रदर्शनमा पनि हलवालाई हेपेका कारण फिल्म नलाग्ने भएको थियो । तर पछि कुरा मिलेको कारण फिल्म लागेको प्रधानको भनाई रहेको छ ।
वितरक र मल्टिप्लेक्स सञ्चालक बिचको लफडाका कारण बुधबार खुल्ला हुने चलचित्रको बुकिङ बिहिबार साझसम्म पनि खुल्न सकेको छैन । सञ्जय दत्तको बायोपिक फिल्म सञ्जु राजकुमार हिरानीले निर्देशन गरेका हुन् ।
रणवीर कपुर शीर्ष भूमिकामा देखिएको फिल्म ‘सञ्जु’मा सञ्जय दत्तकी पहिलो पे्रमिका टिना मुनिमको भूमिकामा अभिनेत्री सोनम कपूर छिन् भने बुबा सुनिल दत्तको भूमिकामा परेश रावल, आमा नरगसिको भूमिकामा मनिषा कोइराला र श्रीमती मान्यता दत्तको भूमिकामा अभिनेत्री दिया मिर्जाको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण