शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२ देखि ४ घण्टा हिडेर बिद्यालय जानुपर्ने बाध्यताको प्रतीक, टिच फर नेपालको वाकर्थन

बिहीबार, १४ असार २०७५, १६ : २६
बिहीबार, १४ असार २०७५

काठमाडौं । ग्रामिण क्षेत्रका विद्यार्थीहरु दैनिक २ देखि ४ घण्टा हिडेर बिद्यालय जानुपर्ने बाध्यताको प्रतीककारुपमा टिच फर नेपालले यहि असार १६ गते तेस्रो वाकर्थनको आयोजना गर्दैछ ।

कुटुम्बले सांगितिक प्रस्तुति दिने यस कार्यक्रममा १५ सय भन्दा बढी पेशाकर्मी तथा विद्यार्थीहरू सहभागि हुँदैछन् ।

ललितपुरको लबिम मलबाट सुरु हुने उक्त वाकर्थन कुपण्डोल, माइतीघर, भद्रकाली, त्रीपुरेश्वरबाट सोही रुट हुँदै लबिम मलमा साङ्गितिक कार्यक्रममा परिणत हुनेछ । कार्यक्रममा सहभागीहरूले ५ किलोमिटर पदयात्रा गर्नेछन् ।  

टिच फर नेपाल भर्ना तथा छनोट विभागका जिग्मे शेर्पाले भने “हाम्रा विद्यार्थीहरू दैनिक ५ किलोमीटर हिडेर बिद्यालय आउने गर्छन त्यहि कठिनाइको अनुभूत गराउन र शिक्षाको महत्व बुझाउन वाकर्थनको आयोजना गरिएको हो” ।

उनले कार्यक्रमले टिच फर नेपालको अभियानमा युवाहरु अझै जागरुक भएर लाग्नेमा आफु बिश्वस्त  रहेको बताए । सिटिजन्स बैँक र बुद्ध एयरको सहयोग उक्त कार्यक्रमको आयोजना  गर्न गएको शेर्पाले बताए ।

वाकाथनमा भाग लिन एक हजार रुपैंया सहयोग रकम सङ्कलन गर्नुपर्ने र उक्त  रकम टिच फर नेपालले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी प्रयोग गर्ने आयोजकले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप