बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युएर्इमा गोरखाका आलेमगरको मृत्यु

बिहीबार, १४ असार २०७५, १५ : ११
बिहीबार, १४ असार २०७५

बिनोद श्रेष्ठ, युएर्इ
युएई–बैदेशिक रोजगारीको लागि युएर्इ आएका एक नेपालीको मृत्यु भएको छ। गोरखाको भिमसेन थापा गाँउपालिका८ अस्राङ्का टोपबहादुर आलेमगरको मृत्यु भएको हो।

गत मंगलबार कोठामा खाना खार्इ सुतेका टोपबहादुर अबेरसम्म पनि नउठेपछि साथीहरूले उठाउन खोज्दा उनको मृत्यु भैसकेको थियो।

मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन। उनको शव पोस्टमाटमको लागि आबुधवीको खलिफा हस्पिटलमा राखिएको छ।

उनको शवलार्इ जतिसक्दो चाँडो नेपाल पठाउनको लागि आइतबारदेखि कानुनी प्रक्रिया अघि बढार्इने युएर्इको लागि नेपाली कार्यवहाक राजदूत सागर फुयालले जानकारी दिए।

बिगत ६ बर्ष अघि रोजगारीको लागि युएर्इ आएका टोपबहादुर आबुधावी स्थित अल ड्राफा फुटबल क्लबमा रहेको जिम हलमा कोचको रूपमा काम गर्थे। टोपबहादुरको श्रीमती १ छोरी गोरखामा बस्दै आएका छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप