शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् संसारका १० अचम्मका होटल, तस्बिर हेरेपछि भन्नुहुनेछ ‘वाह’

बिहीबार, १४ असार २०७५, १० : ५२
बिहीबार, १४ असार २०७५

तपाईंले देश विदेशमा भएका एक से एक शानदार होटलबारे सुन्नुभएको होला, कुनै पाँचतारे त कुनै साततारे र कुनै आफ्नो भव्यताका लागि चर्चित छन् । तर आज हामी तपाईंलाई संसारका यस्ता अचम्मका होटलबारे जानकारी दिँदैछौं जसबारे थाहा पाउँदा तपाईं त्यहाँ पक्कै जान चाहनुहुन्छ ।

यो हो स्विटजरल्याण्डको एश्चर क्लिप होटल जुन एक पहाडको फेदमा बनाइएको छ । यसको बनावट यस्तो छ कि यहाँ आउने जो कोही रोमाञ्चक महसुस गर्दछन् ।

यो हो फ्रान्सको एट्रप रिव्स होटल, जुन पूर्ण रुपमा प्रकृतिको काखमा बसेको छ । चारैतर्फ बरफका बीच सिसाले ढाकिएको यो होटलले गज्जबको महसुस गराउँछ ।

यो होटल माल्दिभ्यको रंगाली आइसल्याण्डमा बनेको कोनार्ड होटल हो । फोटोले नै यो होटलको मनमोहकता बारे थुप्रै्र कुरा बयान गर्छ ।

यो होटल इटालीको रिस्ट्रोनेट ग्रोटा होटल हो जुन पहाडमा रहेको एक गुफाभित्र बनाइएको छ ।

इटालियन होटलजस्तै थाइल्याण्डको रयादी कराबीमा बनेको यो होटल पनि एउटा गुफाभित्र बनाइएको छ । फरक यति छ कि यो समुन्द्री तटमा अवस्थित छ ।

यो हो इन्डोनेसियाको उबुद ह्याङ्गिङ गार्डन होटल जसले घना जंगलबीच विलासिताको महसुस गराउँछ ।

जंगलको बीचमा बनेको यो होटल प्रकृतीप्रेमीका लागि शानदार डेस्टिनेशन हो । यो होटल इन्डोनेसियाको बाली द्वीपमा बनेको पंचारन रिट्रिट रिसोर्ट ।

सेन्ट लुसियाको लाडेरा रिसोर्टमा बसेर तपाईं निकै टाढासम्म प्रकृतिको अवलोकन गर्न सक्नुहुन्छ ।

फोटोमा देखिएको यो झरना वास्तविक हो र यहाँ पर्यटकलाई बस्ने पूरा प्रबन्ध छ । यो होटल फिलिपिन्सको भिला एसकुडेरो ।

यो चिलीको चर्चित होटल मोन्टाना म्याजिक लज हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप